१९ बैशाख २०८१, बुधबार
कोहलपुर नगर भित्रका योजनाहरुको अनुगमन
  • काँचुली खबर

 

कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जु कुमारी चौधरीले आर्थिक वर्ष २०७४/०७५ का अधिकांश योजनाहरुको अनुगमन गरिरहेकी छिन् ।
कोहलपुर नगरपालिकाकी उपमेयर एवं नगरस्तरिय योजना अनुगमन समिति संयोजक सन्जु कुमारी चौधरीको नेतृत्वमा रहेको अनुगमन समितिले मंगलबार नगरका विभिन्न वडाका योजनाहरुको अनुगमन गरेको हो ।
अनुगमनको क्रममा कोहलपुर वडा नं. १२ को निवुवाचोक खड्कवार हुँदै घुईयावारी सम्मको ४ सय ३२ मिटर लम्बाईको पक्कि सडकको अनुगमन गरिएको हो । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको उक्त सडक पक्कि भए पनि काम सन्तोषजनक नभएको अनुगमन टोलिले जनाएको छ । सडक पिच भए पनि एकाएक पिच उम्कना थाले पछि स्थानियले विरोध जनाएका छन् । ‘सडक पक्कि बनाउँदा ध्यान दिनुपर्ने कुरामा ध्यान नदिएको अवस्था छ’ स्थानिय एक शेर बहादुर खड्काले भने ‘पक्कि सडक हो वा कच्चि सडकको कसरी छुट्याउने ।’
सडक पक्कि जस्तो नभएकाले भुक्तानि दिनका लागि कोहलपुर नगर कार्य समितिको बोर्डले निर्णय गर्नुपर्ने कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जुकुमारी थारुले बताईन् । मापदण्ड अनुसार पिच नभएको अनुगमनका क्रममा भेटिएकाले भुक्तानि दिन सक्ने अवस्था नरहेको बताईन् ।
त्यस्तै कोहलपुर नगरपालिका वडा नं. २ को ३ सय ६० मिटर लम्बाई, ५ मिटर चौडाई र रु. ३४ लाख लागतमा सम्पन्न भएको पक्की सडकको अनुगमन गरिएको छ । त्यस्तै कोहलपुर नगरपालिका वडा नं. ५ को २ सय ८० मिटर लम्बाई, ५ मिटर चौडाई र रु. २८ लाख लागतमा सम्पन्न भएको पक्की सडकको अनुगमन गरिएको छ । यी दुवै सडकमा मापदण्ड अनुसार नै काम भएको भन्दै तत्काल भुक्तानी दिन सकिने संयोजक थारुले बताईन् ।
त्यस्तै कोहलपुर नगरपालिका वडा नं. ७ को ७ सय २० मिटर लम्बाई ,४.५ मिटर चौडाई र रु. ५९ लाख लागतमा सम्पन्न भईरहेको सडकको अनुगमन गरिएको छ । हालसम्म ८० प्रतिशत काम सकिएको र बाँकी काम समयमै सक्नुपर्ने भन्दै मापदण्ड अनुसार नै निर्माण गर्न सुझाव पनि दिईएको छ ।
कोहलपुर–१२ स्थित सिर्जना सामुदायिक वनमा रहेको भ्यू टावरमा निर्माण गर्न लागिएको पौडि पोखरीको पनि अनुगमन गरिएको छ । ९६ फिट लम्बाई, ४२ फिट चौडाई र ६ फिट गराईमा रहेको उक्त पोखरीका लागि यो वर्ष २४ लाख बजेट छुट्याईएको र काम सन्तोषजनक रहेको अनगुमनका क्रममा भेटिएको पाईएको छ । पौडिलाई व्यवस्थित बनाउनका लागि थप बजेटको आवश्यकता रहेको जनाईएको छ ।

  • ९ जेष्ठ २०७५, बुधबार ०९:५२ प्रकाशित
  • Nabintech