नेपालमा १२ विपद, जसका कारण वर्षेनी करीब डेढ अर्ब बराबरको आर्थिक क्षति
  • काँचुली खबर

नेपालमा वर्षेनी आउने प्राकृतिक विपत्तिका कारण सयौंको ज्यान जाने गरेको छ । विपत्तिकै कारण वर्षेनी करीब डेढ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ ।

नेपालमा वर्षेनी ८ सय ९० जनाको मृत्यु र एक हजार ७ सय ७१ जना घाइते हुने गरेको एसियाली विपद् पूर्व तयारी केन्द्र (एडिपिसी) का नेपाल प्रमुख मानबहादुर थापाले जानकारी दिए । उनका अनुसार प्राकृतिक विपत्तिकै कारण वर्षेनी रु. एक अर्ब ३१ करोड बराबरको भौतिक क्षति हुने गरेको छ भने एक लाख ३२ हजार १६१ घरपरिवार प्रभावित हुने गरेका छन् ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

‘आगलागी, बाढी, पहिरो, चट्याङ, भूकम्प, हावाहुरी, असिना, शीतलहर, हिमपहिरोलगायतका १२ प्रकारका प्राकृतिक प्रकोपले नेपालमा वर्र्षेनी विपद् निम्त्याउने गरेको छ’, प्रमुख थापाले भने, “वर्षेनी ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति हुने गरेको छ, यसको न्यूनीकरणको लागि विपद् व्यवस्थानबारे सर्वसाधारणमा जानकारी हुन आवश्यक छ ।”

पछिल्लो चार दशकमा नेपालमा २२ हजार २१६ वटा प्राकृतिक विपत्तिका घटना भएको प्रमुख थापाले बताए । उक्त घटना परी ७९ हजार ७०२ जना घाइते भएका थिए भने ५९ लाख ४७ हजार २६८ घरपरिवार प्रभावित भएको संस्थाको तथ्यांक छ ।

संस्थाको तथ्यांकमा २०७२ सालमा आएको महाभूकम्पको क्षति पनि समावेश गरिएको छ । विपद्बाट रू पाँच अर्ब ९१ करोड ९८ लाख ५५ हजार बराबरको भौतिक सम्पत्ति क्षति भएको संस्थाको तथ्यांक छ ।

  • ५ जेष्ठ २०७५, शनिबार १५:४७ प्रकाशित
  • Nabintech