१४ बैशाख २०८१, शुक्रबार
घिसिङ र अथक बिच भेटवार्ता :
  • काँचुली खबर

बाँके क्षेत्र नं. १ का साँसद महेश्वर गहतराज ‘अथक” ले बाँकेको राप्तीपारी क्षेत्रमा आगामी आर्थिक वर्षभित्र विद्युत सेवा विस्तार गर्ने प्रतिवद्धता जनाएका छन । सुगम जिल्लाको दुर्गम भेगका रुपमा चिनिने राप्तीपारी क्षेत्रमा विद्युत सेवा विस्तारकालागि साँसद अथकले केन्द्रिय स्तरमै पहल थालेका छन ।
यसैबिच बुधबार साँसद अथकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेटघाट गरी विद्युत सेवा विस्तारको योजनाहरुका बारेमा ब्रिफिङ गरेका थिए । कतिपय स्थानहरुमा विद्युतको पोल गाडिएपनि लाईन तान्न ढिलाई भएकाले स्थानियहरु अन्धकारमै बस्नुपरेको भन्दै अथकले यसै आर्थिक वर्षभित्र विद्युत लाईन विस्तार गर्न घिसिङलाई आग्रह गरे ।
भेटवार्ताका क्रममा घिसिङले तत्काल योजना बनाई विद्युत विस्तारकालागि अभियान संचालन गर्ने प्रतिवद्धता जनाएको पत्रकार महासंघ ५ नं. प्रदेशका सदस्य सुनारले जानकारी दिए ।

  • २ जेष्ठ २०७५, बुधबार १५:३२ प्रकाशित
  • Nabintech