११ बैशाख २०८१, मंगलवार
कोहलपुरका बिभिन्न क्षेत्रमा खुलेआम देहव्यापार
  • काँचुली खबर

कोहलपुरमा खुलेआम यौन धन्दा फस्टाएको छ । नगर क्षेत्रभित्र विहान देखि साँझसम्म यौनजन्य क्रियाकलापसँगै देहव्यापार बढ्दै गए पछि स्थानियहरुले निगरानि बढाएका छन ।
कोहलपुर न्युरोड चोकबाट करिब ५० मिटर पुर्व–दक्षिण तर्फ बनेका ३/४ वटा टिनका टहराहरुमा लामो समय देखि यौनधन्दा भईरहेको हो । ति टहराहरुमा पटक पटक सांघातिक आक्रमणका घटना घटेको स्थानियहरुको भनाई छ । त्यस क्षेत्रमा पेशेवर केहि ब्यक्तिहरुले लामो समय देखि टिनका टहराहरु बनाएर देहेव्यापार गर्दै आएका छन । दिन दहाडै ति
टहराहरुमा अपरिचित व्यक्तिहरुको प्रबेश हुने छिमेकीहरुले बताएका छन । छिमेकी र नजिकका स्थानियहरुले गाँउ समाजमा यस्ता अमर्यादित गतिविधिहरु हुँदा समेत कोहलपुर प्रहरीले आँखा चिम्लेको भन्दै रोष प्रकट गरेका छन । पेसेवर देहेव्यपार नियन्त्रणमा प्रहरीले किन चासो दिइरहेको छैन ? स्थानियहरुको प्रश्न छ ।


पेसेवर यौनकर्मीहरुले नगरका विभिन्न ठाँउमा सम्पर्क केन्द्र बनाएर ग्रहाकलाई ति टहरासम्म ल्याउने गरेको पाईएको छ । त्यस वाफत उनिहरुले कमिसन खाने गरेको तथ्य फेला परेको छ । सामान्य झुपडिका रुपमा रहेका ति टहराहरुमा दैनिक रुपमा ठूलो व्यापार हुने गरेको देहव्यापारमा संलग्न सविता वादि (नाम परिवर्तन) ले स्वीकार गरिन । तिमि किन यस्तो काममा लागेको ? भन्ने प्रश्नमा उनले भनिन् “अरु काम गर्दा दिनभरिको एक हजार आम्दानि हुँदैन, यसबाट दैनिक ३/४ हजार हुन्छ ।”
यसरी नगरभित्र खुलेआम देहव्यार हुँदा पनि कोहलपुर प्रहरी भने मौन देखिएको छ । यसले प्रहरीको नियतमाथी समेत प्रश्नचिन्ह खडा भएको छ । कोहलपुर प्रहरी निकम्मा भएको भन्दै स्थानियहरुले आक्रोश ब्यक्त गरेका छन । स्थानियहरुले गुनासो गर्दै भने, “कोहलपुर प्रहरीलाई सबै थाहा छ तर नियन्त्रण गर्ने तर्फ कुनै ध्यान दिएको छैन । हामि जिल्ला प्रहरी कार्यालय र संघिय प्रहरी कार्यलयमा अब लिखित निबेदन दिने तयारीमा छौ ।”
यस बारे बुभ्mन खोज्दा ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख यज्ञप्रसाद भट्टराईले सम्भावित क्षेत्रहरुमा टोली परिचालन गरि निगरानी बढाईएको दाबी गरे । यद्यपी कोहलपुर न्यूरोडका अलावा बसपार्क, चप्परगौडि, दशविगाहा, एनटिभि रोड (हेलि प्याडको दक्षिण) र ढकेरी क्षेत्रमा समेत दिनप्रतिदिन यौनजन्य गतिविधिहरु बढ्दै गएको पाइएको छ ।

  • २ जेष्ठ २०७५, बुधबार १४:५९ प्रकाशित
  • Nabintech