१५ चैत्र २०८०, बिहीबार
भेरी अञ्चल अस्पतालमा सेवा विस्तार
  • संगिन शर्मा

२ जेठ, नेपालगन्ज । नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा मुटुरोगको उपचार सेवा विस्तार भएको छ। अस्पतालमा नै पहिलो पटक सोमबार दुई जनामा एन्जिओग्राम गरिएको छ। सहिद गंगालाल हृदय केन्द्रसँगको सहयोगमा भेरीमा कोरोनरी एन्जिओग्राम सेवा सुरु भएको हो। मुटुको विशेषज्ञ सेवा प्रदान गर्न अस्पतालमा क्याथ ल्याब स्थापना गरिएको थियो।

गंगालालका निर्देशक डा. जोतेन्द्र शर्मा, मुटुरोग बिशेषज्ञ डा. रबि मल्ल, डा. राजिब राजभन्डारी र भेरी अंचल अस्पतालका मुटुरोग बिशेषज्ञ डा. कृष्ण अधिकारी सहितको चिकित्सकहरुले २ जना बिरामीको एन्जियोग्राफी गरेका हुन्।

चिकित्साकका अनुसार कोरोनरी एन्जियोग्राफी भनेको एक्सरे गर्ने विशेष प्रविधि हो। यस प्रविधि अन्तर्गत विशेष रङ्गीन तरल पदार्थ मुटुमा जाने धमनीमा पठाइन्छ। यो परीक्षणद्वारा डाक्टरहरुले साँघुरिएका अथवा बन्द भएका धमनीहरुको अवस्था, प्रकृति र मात्रा तथा तिनको संख्या निक्र्यौल गर्न सक्छन्। भेरी अस्पतालमा एन्जिओग्राफी सुरु भएको उल्लेख गर्दै गंगालाल अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर समेत राखेका छन् । उनले मुटु उपचारका लागि केन्द्रमा आउनु पर्ने बाध्यता अब क्रमश विकेन्द्रित हुँदै गएको पनि लेखेका छन् ।

तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले केन्द्रिय अस्पतालहरुले अति विशिष्टकृत सेवाहरु देशका अन्य अस्पतालहरुमा बिस्तार गर्नुपर्छ भन्दै गंगालाल र भेरी अञ्चाल अस्पतालमा मुटु सेवा विस्तारका लागि सम्झौता गराएका थिए । सोही सम्झौता अनुसार मन्त्री थापाको पालामा भेरीमा क्याथल्याब स्थापनाका लागि आवश्यक बजेट र जनशक्तिको व्यवस्था गरिएको थियो । भेरी अञ्चल अस्पतालमा मुटु रोग विशेषज्ञ डा कृष्ण अधिकारीले उपचार सेवा प्रदान गरिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयमा दुई अस्पतालबिच भएको सम्झौता अनुसार डा अधिकारीसहित भेरी अञ्चल अस्पताल विकास समितिबाट थप एक जना रजिस्ट्रार तहको चिकित्सकलाई करारमा लिने र गंगालाल ह्रदयरोग केन्द्रबाट रोटेसनल पोस्टिङमा एक जना डिएम रेजिडेन्ट अविच्छिन्न रुपमा खटाइनेछ।

क्याथ ल्याबको क्षमता अभिवृद्दि तथा जटिल प्रकृतिका सिप सिकाउन गंगालाल ह्रदय रोग केन्द्रबाट समय९समयमा वरिष्ठ कन्सल्टेन्ट चिकित्सकहरुलाई खटाइनेछ। यसका साथै, तीन जना स्टाफ नर्स र दुई जना रेडियोग्राफरसमेत यसै योजना अन्तर्गत सेवा करारमा लिई दक्षता अभिवृद्धिका लागि गंगालाल ह्रदयरोग केन्द्रमा पठाउने सम्झौतामा उल्लेख छ। क्याथ ल्याब पछि अस्पतालले एन्जिोयो प्लाष्टि, पेशमेकर जडान, भल्बहरुको इन्टर भेन्सन गरेर उपचार सेवालाई थप बिस्तार गर्दै लैजाने तयारी गरि रहेको छ।

पश्चिम नेपालका सरकारी अस्पतालहरु मध्ये सबै भन्दा ठुलो अस्पतालको रुपमा रहेको नेपालगन्ज स्थित भेरी अंचल अस्पतालमा मात्रै मुटु रोगको उपचार सेवा उपलब्ध छ । २०७३ बैशाख देखि अस्पतालमा मुटुरोग बिशेषज्ञले मुटु रोग उपचार सेवा सुरु सेवा दिदै आएका छन । पश्चिम नेपालका ९ पहिलेको संरचना अनुसार मध्य तथा सुदुर पश्चिम २४ जिल्ला हाल रुकुम टुक्रिएर २ वटा जिल्ला भए पछि० भेरी अंचल अस्पताल बाहेक २५ जिल्लाका अन्य कुनै पनि सरकारी अस्पतालमा मुटु रोग बिशेषज्ञ छैनन ।

भेरी अंचल अस्पतालले २०७३ साल देखि कार्डियोलोजीको ओपिडि संचालन गरे पछि गरेर मुटु रोगको उपचार सेवा सुरु भए पछि पश्चिम नेपालका बिरामीहरु लाभान्बित भएका छन । भेरी अंचल अस्पतालमा मुटुरोग बिशेषज्ञ “डि एम कार्डियोलोजिष्ट” डा कृष्ण प्रसाद अधिकारीले मुटु रोग सम्बन्धी उपचार सेवा दिदै दिदै आएका छन ।

भेरी अंचल अस्पतालमा आउने मुटुरोग सम्बन्धी बिरामी मध्ये करिब ७० प्रतिशत उच्च रक्तचाप सम्बन्धी बिरामी रहका छन । त्यसै गरी मुटुको नशा साधुरो भएका र हाड फेलर सम्बन्धी समस्या भएका बिरामीहरु पनि करिब १०/१० प्रतिशतको हारहारीमा छन । त्यसै गरी जन्मजात मुटुको समस्या भएका, मुटुको चालमा गडबडी भएका, मुटुको बरिपरी पानी भरिएका, मुटुको बाथ रोग सम्बन्धी समस्या भएका बिरामीहरु रहेका छन्। डा अधिकारी कै सक्रियतामा भेरी अंचल अस्पतालमा मुटुको भिडियो एक्सरे गर्ने मेसिन “इको मेसिन” मेसिन जडान गरी सुलभ मुल्यमा उपचार सेवा संचालन भई रहेको छ ।

  • २ जेष्ठ २०७५, बुधबार १४:४० प्रकाशित
  • Nabintech