६ बैशाख २०८१, बिहीबार
शैक्षिक सामाग्री वितरण
  • काँचुली खबर

नेपालमा विद्यार्थीहरुको संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ५४ औं स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण गरिएको छ । अनेरास्ववियु बाँके क्षेत्र नं. १ क्षेत्रीय कमिटिको आयोजनामा सामाग्री वितरण गरिएको हो ।
नेकपा एमाले प्रदेश नं. ५ का प्रदेश कमिटि सदस्य पुजन विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा राप्ती सोनारी–६ फत्तेपुर स्थित दिपज्योति प्राविका करिब १ सय ५० बढी विद्यार्थीहरुलाई करिब रु. ५० हजार बराबरका शैक्षिक सामाग्रीहरु कापी तथा कलम वितरण गरिएको हो ।
शैक्षिक सामाग्रीहरु प्राप्त गरेपश्चात विद्यार्थी तथा अभिभावकहरुले खुशी व्यक्त गर्दै थोरै भएपनि आफूहरुले राहत महसुस गरेको र आगामी दिनहरुमा पनि यस्तै खालको सहयोगको अपेक्षा गरेको प्रतिक्रिया व्यक्त गरेका छन् ।
अनेरास्ववियु बाँके क्षेत्र नं. १ क्षेत्रीय कमिटि सुमन घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरका स्ववियु सभापति दिनेश केसी, नेकपा एमाले बाँके क्षेत्र नं. १ का इन्चार्ज एवं सचिवालय सदस्य सूर्य ढकाल, अब्दुल हुसेन खान, क्षेत्रीय कमिटि सदस्य बलराम भट्टराई, नेकपा एमाले राप्तीसोनारी अध्यक्ष लाल बहादुर थापा लगायतको उपस्थिति रहेको थियो । मह बरामद गरेको जनाएको छ ।

  • १ जेष्ठ २०७५, मंगलवार २०:३६ प्रकाशित
  • Nabintech