८ बैशाख २०८१, शनिबार
अबैध मह कारोबार गर्नेे ‘प्रहरी नियन्त्रणमा’
  • काँचुली खबर

इलाका प्रहरी कार्यालय कोहलपुरले मंगलबार बिहान १० वजेको सायममा कोहलपुर नगरपालिका वडा नं. ९ झण्डहवा बाट अबैध रुपमा भारतबाट नेपाल ल्याइ ब्यापार गर्दै गरेको ६ सय ९ लिटर मह बरामद गरेको जनाएको छ ।
भारतको खलिलाबाद घर भई अस्थाई रुपमा कोहलपुर नगरपालिका वडा नं. ८ स्थित बसोबास गर्दै आएका बर्ष ४८ को अलाउद्दिन अन्सारी र बर्ष १८ को राजु अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


उनिहरुका साथबाट १५ लिटरका ४० बटा ग्यालिन र १ लिटरका २९ बटा बोत्तल गरि जम्मा ६ सय २९ लि. मह र मह मिसावट गर्ने चुक जस्तो तरल पदार्थ १ ग्यालिनमा रहेको १५ लि. पनि प्रहरीले बरामद गरेको बताएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको बिशेष टोलिले सो अबैध मह बरामद गरेको हो । अबैध मह ब्यापार गर्दै हिडिरहेको समयमा उनिहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी
नायब निरीक्षक यज्ञ प्रसाद भट्राईले बताए । खद्य तथा गुण नियन्त्रण कार्यालयमा आबश्यक कारबाहिका लागी बुझाईएको प्रहरी नायब उपरिक्षक यज्ञ प्रसाद भट्टराईले बताए ।

  • १ जेष्ठ २०७५, मंगलवार २०:३३ प्रकाशित
  • Nabintech