११ बैशाख २०८१, मंगलवार
११ नं. वडा कार्यालयले उठायो
  • काँचुली खबर

कोहलपुर नगरपालिका वडा नं. ११ ले डेढ महिनाको अवधिमा झण्डै साढे दश लाख व्यवसाय कर संकलन गरेको छ ।
कोहलपुर नगरपालिकाको गत नगरसभाले पास गरेको नगर भित्र रहेका विभिन्न व्यवसाय गरिरहेका व्यवसायीहरु सँग उठाउने करको मापदण्ड बनाई अनुसूची ४ मा उल्लेख गरेको छ । कोही विषयलाई कार्यान्वयन गर्न वडा नं. ११ ले गत चैत्र १५ गते देखि दुई जना कर्मचारीहरुलाई प्रत्येक व्यवसायीहरुको पसलहरुमा गई अनुसूचीमा व्यवस्था गरिएको आधारमा कर संकलन कार्य गरिरहेका वडा सचिव मणि राम रिमालले बताए ।
रिमालका अनुसार बैशाख मसान्त सम्म करिब ७ सय व्यवसायीहरुले व्यवसाय कर तिरेको र सो रकम नगरपालिकाको कोषमा दाखिला गरेको बताए ।
रिमालले भने, ‘यस वडामा अनुसूची ४ मा व्यवस्था गरिएको मापदण्ड भित्र रहेर व्यवसाय कर तिर्न सहमत भई कर तिरेका व्यवसायीहरु र सो कर नतिर्ने व्यवसायीहरुको अभिलेख राखिने छ, स्थानीय सरकारले नगरसभाबाट पारित गरेको नियम कार्यान्वयन गर्नु सबै नागरिकहरुको कर्तव्य भएको र कर नतिर्ने वा तिर्न अटेर गर्ने व्यवसायीहरुलाई स्थानीय सरकारबाट प्राप्त हुने सेवा सुविधाहरु लिदा सिफारित नगर्ने नीति बनाउनु पर्ने आवश्यकता देखिन्छ ।’

  • १ जेष्ठ २०७५, मंगलवार १८:५० प्रकाशित
  • Nabintech