१६ चैत्र २०८०, शुक्रबार
नायिका रिमा बिश्वकर्मा को डिभोर्स, उन्का पतिले गरे अन्तै इङ्गेजमेन्ट
  • काँचुली खबर

काठमाडौँ । २ बर्ष अघि आफ्नो प्रेमी रोबर्ट बीकसँग नायिका रीमा विश्वकर्माले वैवाहिक यात्रा सुरु गरेकी थिइन् । तर अहिले आएर उनीहरुको यात्रा टुंगिएको छ । स्रोतका अनुसार २ हप्ता अगाडि मात्रै रीमा र रोबर्ट दुवैले औपचारिक रुपमा अलग हुने निर्णय गरेका हुन् ।

बुझिए अनुसार नायिका रीमा विश्वकर्मा केहि महिना अघि देखि नै डिभोर्सको तयारीमा थिइन् । डिभोर्स लगतै रोबर्टले मोरङ घर भई हाल काठमाण्डौ बस्दै आएकी बर्षा रसाइलीसँग इन्गेजमेन्ट गरेका छन् । शुक्रबार इन्गेजमेन्ट गरेर शनिबार बिहानै रोबर्ट बेलायत उडेका छन् । यस बारेमा नायिका रीमा विश्वकर्माबाट बुझ्न खोज्दा उनिबाट कुनै प्रतिक्रिया आएको छैन।

  • २३ मंसिर २०७४, शनिबार १२:२२ प्रकाशित
  • Nabintech