२० बैशाख २०८१, बिहीबार
नेविसंघ कोहलपुर संयोजकमा शाही
  • काँचुली खबर

नेपाल विद्यार्थी संघ कोहलपुर नगर कार्य समितिको संयोजकमा विवेक शाही सर्वसम्मत चयन भएका छन् । शुक्रबार कोहलपुरमा सम्पन्न भएको नेपाल विद्यार्थी संघ कोहलपुर नगरको प्रथम अधिवेशनले विवेक शाहीको नेतृत्वमा कार्य समिति सर्वसम्मत चयन गरेको छ । जसको उपसंयोजकमा ऋतु सुनार, सदस्यहरुमा प्रकाश पौडेल, स्वास्तीका वली, राज कुमार पाल, कमल शाही, विनोद जैसी, अविसेक शाही, युवाराज पौडेल, केशर वली, अवधाराम थारु, युरिश्मा शाही सर्वसम्मत चयन भएकी छिन् ।
त्यस अघि उद्घाटन सत्रमा बोल्दै नेपाली काँग्रेस बाँके जिल्ला सचिव तप्त पौडेलले मुलुकको परिवर्तनमा नेपाल विद्यार्थी संघले महत्वपूर्ण भूमिका खेलेको बताउँदै नेपाल विद्यार्थी संघको गरिमालाई बचाउनका लागि नयाँ पुस्ता आउन आवश्यक रहेको बताएका छन् । साथै उनले नेपालको श्रैक्षिक विकासमा नेविसंघले ठुलो योगदान पु¥याएको स्मरण गर्दै शै्रक्षिक विकृतिका विरुद्व संघ लडिरहनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस महासमिति सदस्य नारायण गौडेलले नेपाल विद्यार्थी संघ नेपाली काँग्रेसको बलियो खम्बा भएकाले नेपाली काँग्रेस विचारलाई आत्मासाथ गरी आफ्नो गतिविधिहरु सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कोहलपुर नगर सभापति बलाराम शर्माले नेपाल विद्याथी संघले पार्टीका हरेक गतिविधिमा साथ दिनुपर्ने भन्दै पार्टीको विचारधारलाई बलियो बनाउन सक्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य भूम बहादुर भण्डारीले नेपाली राजनीतिक परिवर्तनमा विद्यार्थी आन्दोलन अग्र स्थानमा रहेको भन्दै मुलुकको भाग्य र भविष्य निर्माण गर्न नेविसंघ तयार रहनुपर्ने बताए । नेपाल विद्यार्थी संघ बाँके क्षेत्र नं. १ का प्रतिनिधि गोपाल शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेसका नेता, कार्यकर्ता लगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

  • १३ पुष २०७५, शुक्रबार २०:५९ प्रकाशित
  • Nabintech