१६ बैशाख २०८१, आईतवार
गितकार चन्दको ‘यो कस्तो नियती…..’ सार्वजनिक
  • काँचुली खबर

गितकार ललित प्रकाश चन्दको पहिलो गित सार्वजनिक भएको छ । वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका प्रध्यापक समेत रहेका चन्दले युट्युवबाट शुक्रबार आफ्नो पहिलो गित सार्वजनिक गरेका हुन ।
‘यो कस्तो नियती भगवानको पनि…….” बोलको गितमा पछिल्लो समयका चर्चित गायक प्रमोद खरेलले आवाज दिएका छन भने प्रभात सुवेदीले संगित दिएका छन । बिन्ध्यवासिनी म्यूजिकको प्रस्तुती रहेको उक्त गितको अडियो सार्वजनिक गरिएको र केही समयपछि म्यूजिक भिडियो समेत सार्वजनिक गरिने गितकार चन्दले जानकारी दिए । युट्यूवमा सार्वजनिक भएको ७ घण्टाभित्रै ३ हजार ५ सय बढिले आफ्नो गित सुनिसकेको चन्दले बताए ।

  • १३ पुष २०७५, शुक्रबार २०:४१ प्रकाशित
  • Nabintech