२० बैशाख २०८१, बिहीबार
एकीकृत घुन्ती सिबिरबाट सेवा लिन पाउँदा स्थानीय खुशी
  • काँचुली खबर

आफ्नै गाउँमा एकीकृत घुम्तीशिविर सञ्चालन भएपछि सरकारी सेवा लिन पाउँदा स्थानीय खुशी भएका छन।

सरुमारानी गाउँपालिकाको केन्द्र बड्डडाडामा दुई दिने एकीकृत घुम्ती शिविर सञ्चालन भएपछि सेवा लिन स्थानीयको भीड लागेको हो । दुर्गम गाउँका स्थानीयलाई घर दैलोमै पुगेर सेवा दिने सरकारले उद्देश्य लिए अनुसार सरुमारानी गाउँपालिकाको बडडाडामा दुई दिने एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए । जिल्लाका बिषयगत कार्यालयले दिने महत्त्वपूर्ण सेवा गाउँबाटै पाउने भएपछि शिविरमा स्थानीयको हर्षित भएको’ गैह्रेले बताए ।

घुम्टिसिबिर बाट वृद्धबृर्ध्दा अपांग असक्त महिला बालबालिका लगाएत सदरमुकाम खलगां र इलाका प्रशासन कार्यालय जस्पुर सम्म उक्त सेवालिन जान नसक्ने जनतालाई खर्चिलो हुनेभएको भन्दै सरकारले घरदैलोमा पुगेर सेवा दिन लागेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।

शिविरबाट स्थानीयले नेपाली नागरिकताको प्रमाणपत्र फोटो सहितको मतदाता नामावली संकलन,अपाङ्गता तथा जेष्ठ नागरिक परिचय पत्र वितरण, समुदायमा सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी सचेतना उद्योग व्यवसायसम्बन्धी परामर्श प्रदान,तरकारिका बिउ विजन, निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण, पशु उपचार सेवा, निशुल्क आँखा परीक्षणको सेवा सहज रुपमै प्राप्त गर्न सक्ने छन।

गाउँ दैलोमै उक्त सेवा पाउँदा स्थानीयहरु धेरै खुसी भएको सरुमारानी गाउँपालिका २ का वडासदस्य मिन्टु कुमार गुरुङले बताए । उनले भने गाउँ मै सिहदरवार आएको बल्ल जनताले महसुस गरे । सनिवार सम्म चल्ने घुन्ती शिबिर जिल्ला प्रशासन कार्यालय प्युठानको संयोजन तथा सरुमारानी गाउँपालिकाको सहयोग एवं समन्वयमा एकीकृत घुम्ती शिविर आयोजना गरिएको हो ।

  • १३ पुष २०७५, शुक्रबार २०:२६ प्रकाशित
  • Nabintech