२० बैशाख २०८१, बिहीबार
कोहलपुरलाई मानवताको शहर बनाईने
  • काँचुली खबर

कोहलपुरलाई मानवताको शहर बनाउने अभियान सुरु गरिएको छ । निल सागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र नेपालगन्जले कोहलपुरलाई मानवतामैत्री शहरको रुपमा विकास गर्ने अभियान संचालन गर्न लागेको जानकारी दिएको छ । शुक्रबार कोहलपुरमा पत्रकार सम्मेलनमार्फत सेवा केन्द्रले पछिल्लो समय समाजमा मानवता हराउँदै गएकाले त्यसलाई पुनस्थापित गराउने अभियान संचालन गर्न लागिएको जनाएको हो ।
असहाय तथा अशक्त ब्यक्तिहरुलाई आश्रय दिदै आएको निल सागरले कोहलपुर क्षेत्रमा समेत आफ्नो सेवा विस्तार गर्ने योजना अनुसार अभियान संचालन गर्न लागिएको निल सागर नेपालगन्जका सम्पर्क ब्यक्ति अमनले जानकारी दिए । अभियान अन्तर्गत कोहलपुर क्षेत्रमा रहेका असहाय, अशक्त र समाजबाट तिरस्कृत ब्यक्तिहरुको रेखदेखकालागि सेवा केन्द्र संचालन गरीने र त्यसकालागि स्थानिय सरकारले सहयोग गर्नुपर्ने अमनले बताए ।
निलसागर कोहलपुरकी प्रमुख अन्जु निलसागरले बिगत ३ वर्षयता जिल्लामा रहेका असहाय तथा अशक्त बृद्धबृद्धाहरुको संरक्षण गर्दै आएको निलसागरले ९० जना बृद्ध–बृद्धालाई पुनस्थापना गर्न सफल भएको जानकारी दिईन । ४० जना असहाय बालक तथा बृद्ध–बृद्धाहरुलाई दैनिक रुपमा आश्रय प्रदान गर्दै आएको निल सागरले हालसम्म सरकारी तवरबाट कुनै सहयोग प्राप्त नगरेकोप्रति दुख ब्यक्त गरीन ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु चौधरीले शारिरिक तथा मानसिक रुपमा अशक्त ब्यक्तिहरुलाई निजि स्तरबाटै आश्रय प्रदान गर्दै संरक्षण गर्नु निकै अनुकरणीय कार्य भएको बताईन । आफ्ना नागरिकहरुको सामाजिक सुरक्षाकालागि राज्यले गर्न नसकेको कार्य निलसागर परिवारले गरेको भन्दै तारिफ समेत गरिन । उनले निलसागरले थालेको अभियानमा संस्थागत तथा ब्यक्तिगत रुपमा सहयोग गर्न आफु प्रतिवद्ध रहेको स्मेत स्पष्ट पारीन ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रमेश बहादुर सिंहले कोहलपुर र सम्झनाचोक क्षेत्रमा करिव २५-२६ जना असहाय बृद्धबृद्धाहरु रहेकाले उनिहरुको उचित संरक्षणकालागि पहल गर्न निल सागर परिवारलाई आग्रह गरेका थिए । सिंहले निलसागरले संचालन गर्दै आएको अभियानले आफुलाई निकै प्रभावित गरेको उल्लेख गर्दै आफ्नो एक महिनाको पारिश्रमिक बराबरको रकम सहयोग उपलब्ध गराएको बताए ।

नेकपाका नेताद्धवय देवराज भार र बसन्ती अधिकारीले कोहलपुरलाई मानवताको शहर बनाउन जुनसुकै मुल्य चुकाउन तयार रहेको बताए । उनीहरुले सामाजिक सेवामा जुट्न सबैलाई आह्वान समेत गरेका छन ।

  • १३ पुष २०७५, शुक्रबार २०:१९ प्रकाशित
  • Nabintech