१९ बैशाख २०८१, बुधबार
जनजागरण अभियानमा विप्लव माओेवादी
  • काँचुली खबर

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बाँकेमा जनजागरण अभियान संचालन गरेको छ । बाँके जिल्ला जनसरकार प्रमुख कृष्ण शाहको नेतृत्वमा जिल्लाका ग्रामीण भेगमा जनजागरण अभियान संचालन भईरहेको स्रोतले जनाएको छ ।
ग्रामिण वस्तीका जनताहरुलाई संगठित गर्दै आएको विप्लव माओवादीले जनश्रमदान अभियान समेत संचालन गर्दै आएको छ । देशै भर सञ्चालित उक्त अभियान अन्तर्गत विगत एक महिना देखि बाँकेका ग्रामिण वस्तीका युवा, विद्यार्थी, मजदुर, किसान तथा महिलाहरुलाई संगठित गराउन बिभिन्न प्रशिक्षण तथा भेलाहरु संचालन गरिएको एक नेताले जानकारी दिए । जनजागरण अभियानले श्रमजीवी जनताहरुलाई उत्साहित बनाएको विप्लब माओवादीले दाबी गर्दै आएको छ ।

  • १३ पुष २०७५, शुक्रबार १८:१७ प्रकाशित
  • Nabintech