५ जेष्ठ २०८१, शनिबार
निर्मला प्रकरणः रिहा भएपछि प्रदीपले भने– पैतालामा लाठीले हानेपछि अपराध स्वीकार गरेको हुँ
  • काँचुली खबर

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला बन्तको बलात्कार र हत्यामा संलग्न भएको आरोपमा तीन साता थुनामा राखिएका प्रदीप रावल पनि छुटेका छन् । उनीविरुद्ध पर्याप्त प्रमाण फेला नपारेपछि बुधबार साधारण तारेखमा रिहा गरिएको हो ।
छुटेपछि रावलले आफूलाई प्रहरीले यातना दिएको बताएका छन् । सीआईबीको कार्यालयमा यातना दिएपछि आफू र विशाल चौधरीले मिलेर निर्मलाको हत्या गरेको हो भनेर बयान दिएको उनले बताए ।  ‘पैतालामा लाठीले हाने, मेरो तिघ्रामा लाठी राखेर माथिबाट टेके, विशालले तेरै नाम लिएको छ भने, ’ छुटेपछि प्रदीपले भने, ‘निकै दुखेपछि मैले हो भनिदिएको हो । त्यसपछि कुट्न छाडे ।’
आफूले निर्मलालाई चिन्दै नचिनेको र घटनाबारे केही थापा नभएको उनको भनाई छ । नयाँ पत्रिका दैनिकले विस्तृतमा खबर छापेको छ ।

  • १२ पुष २०७५, बिहीबार ०७:२५ प्रकाशित
  • Nabintech