१६ बैशाख २०८१, आईतवार
दाइजो विरुद्धको १० दिने अभियान सुरु
  • काँचुली खबर

दाइजो प्रथा विरुद्धको देशब्यापी अभियान आइतवार देखि सुरु गरिएको छ । इस्लामी संघ नेपालले आईतबारदेखि देशब्यापी रुपमा १० दिने दाइजो प्रथा विरुद्धको अभियान सुरु गरेको हो । नेपालगन्जको आइडियल पब्लीक हाई स्कूलबाट अभियान सुरु गरिएको दाइजो विरुद्ध १० दिने अभियान पौष १० गतेसम्म संचालन गरिने इस्लामी संघ नेपालले जनाएको छ ।
हरेक दिन विभिन्न कार्यक्रमको आयोजना गरि १० दिने दाइजो प्रथा विरुद्धको अभियान मनाउने संघका सचिव बद्रे आलाम खानले जानकारी दिए । अभियानलाई सफल बनाउन सवैको उत्तिकै दायित्व रहेको जिकिर गर्दै सचिव खानले अभियानमा जोडिन सबैलाई आग्रह गरेका छन । ‘आफ्नो छोरा छेरीको विवाह गर्दा दाइजोको लेनदेन नगरि दाइजो विरुद्धको अभियानमा सहिभागि बनौं, समाजमा रहेको आफ्नो प्रतिष्ठालाई प्रयोग गरौं, नातोदारहरुलाई दाइजोको लेनदेन विनै विवाह गर्न दवाव दिऔं, समाजका प्रतिष्ठित धार्मिक र सामाजिक व्यक्तिहरुलाई गोलवद्ध गरि दाइजो विरुद्ध एकजुट गरौं, विवाह सम्बन्धि इस्लामी तरिका विशेष गरि नविको आदेश र सहाबाहरुको जिवन शैलीलाई आम मानिसहरु सामु प्रचारप्रसार गरौ’ लगायतका पम्प्लेट तयार गरि दाइजो प्रथा विरुद्धको अभियानलाई सफल बनाउन १० दिने दाइजो विरुद्धको अभियान संचालन गरिएको इस्लामी संघ नेपाल प्रदेश नं. ५ का अध्यक्ष ओवैद रहमान खानले बताए ।

चिनजानका साथीभाई र आफन्तहरुमा अग्रसर भई विना दाइजो विवाह गर्न र गराउन मध्यस्थकर्ताको भमिका खेल्न आवश्यक रहेको अध्यक्ष खानले बताए । छोरीलाई दाइजो होइना, पैतृक सम्पत्तीमा अंश दिऔं भन्ने नाराका साथ सुरु भएको अभियानको पहिलो दिन आईतबार इडियल पव्लीक हाई स्कूलका बालवालिकाहरुसँग अन्तरक्रिया गरिएको छ भने भोली २ गते आईसा स्कूलमा अन्तरक्रिया, ३ गते साइनिङग स्टार स्कूलमा अन्तरक्रिया, ४ गते जयसपुर युनिटसँग छलफल, ५ गते बाँकेको रनियापुर, बर्दियाको बाँसगढी र दाङ जिल्लाका युनिटहरुसंग छलफल, ६ गते बाँकेको ८ वटै क्षेत्रका मस्जिदमा छलफल, ७ गते धर्म गुरु, एनजिओ/आइएनजिओसँग ग्रुप भेटघाट, ८ गते आईसिसिमा कमिटी बैठक, ९ गते निमन्त्रणा प्रचारप्रसार र १० गते अन्तरक्रिया आइसिसि समापन सभा गरि १० दिने अभियान समापन गरिने अध्यक्ष खानले बताए ।

  • १ पुष २०७५, आईतवार १७:३४ प्रकाशित
  • Nabintech