१६ बैशाख २०८१, आईतवार
कतर्नियामा भार्गवको १७ औं शाखा
  • काँचुली खबर

‘सेवामा तत्परता, हाम्रो प्रतिवद्धता’ भन्ने मुल नाराका साथ नेपालगन्जमा केन्द्रिय कार्यालय रहेको भार्गव विकास बैंक लि. ले बर्दियाको बारबार्दिया नगरपालिका वडा नंं. ९ स्थित कतर्नियाबजार आफनो १७ औं शाखा विस्तार गरेको छ । बैंकका सञ्चालक जगदिशचन्द्र भट्टको सभापतित्वमा सम्पन्न भएको शाखा उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति, बर्दियाका उपसंयोजक मान बहादुर विष्टले शाखाको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा कर्तनियाबजार, औरीबजार, माछागढ, बैदीबजार र आसपासका ग्रामिण क्षेत्रका स्थानीयबासीको उत्साहजनक सहभागिता रहेको थियो । यस ठाउँमा बैंक तथा वित्तीय संस्थामा भार्गव विकास बैंक लिमिटेड पहिलो बैंक रहन गएकोले त्यहाँका मानिसहरुमा उत्साह देखिएको छ ।
यस शाखाबाट शुरुवातदेखि नै बैंकले प्रदान गर्ने सम्पूर्ण कर्जा सुविधाहरु छिटो र सरल रुपमा उपलब्ध गराउनुको साथै सबै संघसंस्थाहरु, तथा सबै खालका तह र तप्काका ब्यक्तिहरुलाई मध्येनझर गरि विभिन्न खालका बचत योजनाहरु, आवधिक मुद्दती योजनाहरु, रेमिटेयान्स सुविधा, मोबाईल बैकिंङ्ग सेवा, चेक क्लियरिङ्ग सुविधा लगायतका अन्य सम्पुर्ण सेवाहरु उपलब्ध गराइने बैंकले जनाएको छ ।
स्थापना कालदेखि नै आफ्नो छुट्टै पहिचान बनाई ग्राहक वर्गको अत्याधिक मन जित्न सफल तथा संचालनको छोटो समयमा नै एक सफल र स्थानीयबासीहरुको विश्वसनीय बैंक बन्न सफल यस बैंकले आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक बैकिङ्गका साथै छिटो तथा सरल कर्जा र निक्षेपमा उच्चतम् ब्याजदर प्रदान गर्दै आईरहेको छ ।

  • २८ मंसिर २०७५, शुक्रबार १८:२४ प्रकाशित
  • Nabintech