६ जेष्ठ २०८१, आईतवार
समृद्धिको लागि कृषि र पर्यटन प्रदेशको मुख्य प्राथमिकतामा: मन्त्री चौधरी
  • काँचुली खबर

प्रदेश  नम्बर ५ का भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश समृद्ध बनाउन कृषि र पर्यटनलाई प्राथमिकतामा राखिएको बताएका छन् ।  बुधबार प्युठानको जुम्री स्थित होटल आयुष्मामा आयोजित आवधिक योजना तर्जुमा सम्बन्धी जिल्ला स्तरिय सुझाव संकलन गोष्ठि कार्यक्रममा उनले प्रदेशका १२ वटै जिल्लामा आवश्यक सुझाव संकलन गरि कृषि र पर्यटकिय क्षेत्रमा विकासका लागि कार्यक्रम तर्जुमा गरि अघि वढ्ने बताएका हुन् ।
गोष्ठिका प्रमुख अतिथि समेत रहेका चौधरीले  प्रदेश सरकार अहिले विभिन्न नीतिगत र कानुन निमार्णको प्रक्रियामै रहेको जानकारी गराए । उनले भने, ‘कृषि र पर्यटन पाँच नम्बर प्रदेशका विकासका मुख्य आधार हुन् ।’ कृषिको आधुनिकिकरण गर्न, कृषि क्षेत्रबाट रोजगारीको सिर्जना गर्न प्रदेश सरकारले अनुदानका कार्यक्रम अगाडी वढाएको बताए । उनले भने, ‘प्रदेशका १० वटा सहकारी मार्फत कोल्डस्टोर ५ वर्ष भित्रमा  बनाउने योजनामा छौँ ।’ किसानलाई कृषि क्षेत्रबाट जीविका चलाउनका लागि प्रदेश सरकारले लिजमा जग्गा लिएर कृषि गर्न योजना अगाडी वढाएको उनले बताए ।

प्रदेश सरकारले पर्यटन प्रर्वद्धन, व्यवस्थापन गर्न नीति नियम अगाडी वढाएको उनले बताए । ५ नंम्बर प्रदेशको मुख्य पर्यटकिय क्षेत्र लुम्बिनी हो । उनले भने, ‘लुम्बिनी  आएका पर्यटकहरुलाई पाल्पाको रानीमहल, प्युठानको स्वर्गद्धारी, बाग्लुङको ढोरपाटन लगाएतका क्षेत्रमा घुमाउने वातावरणको सिर्जना गर्दैछौँ ।’ प्रदेश सरकारले कृषि र पर्यटकिय क्षेत्र मार्फत प्रदेशलाई समृद्ध बनाउनका लागि आवश्यक नीति, निमार्ण बनाउने चरणमा रहेको उनले बताए । पर्यटकिय क्षेत्रको अध्ययन, व्यवस्थापन गर्ने गरि अगाडी वढेको उनले बताए ।

प्युठानका नौमुरे र स्वर्गद्धारी केबलकार प्राथमिकतामा :
प्रदेश सरकारको गौरवको आयोजनामा  प्युठानको नौमुरे जलविद्युत आयोजना र स्वर्गद्धारी केबलकार परेका छन् । विजुली र सिंचाईलाई मुख्य प्राथमिकता दिई गौरवको योजनामा परेको भौतिक पुर्वाधार मन्त्री चौधरीले बताए । त्यस्तै स्वर्गद्धारीमा केबलकार निमार्णका लागि प्रदेश सरकारले नीति नियमका कार्य अगाडी वढाएको उनले जानकारी दिए । उनले भने,–‘स्वर्गद्धारीमा  पर्यटनहरु वढदो संख्यामा रहेकाले केबलकारको काम सफल हुन्छ ।’

प्युठान गरिबिको रेखामुनी :
प्युठान गरिबिको रेखामुनी रहेको मन्त्री चौधरीले बताए । भौगोलिक विकटताले गर्दा प्युठान पछाडी परेको उनले बताए । उनले भने, ‘प्रदेशका १२ जिल्ला मध्य प्युठान २ नंम्बरमा पर्दछ ।’ पहाडी जिल्ला मध्य प्युठान गरिबिको रेखामुनी परेको छ ।’

प्रतिव्यक्ति आय २ हजार पुर्याउने लक्ष्य :
९ सय ५० अमेरिकी डलरमा रहेको प्रतिव्यक्ति आयलाई प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ सम्ममा २ हजार बनाउने लक्ष्य लिएको मन्त्री चौधरीले बताए ।
होटल आयुष्मा जुम्री प्युठानमा भएको सुझाव संकलन गोष्ठीमा ४ समुह बनाइ सुझावहरू संकलन गरिएको छ । पहिलो समुहले समष्टिगत नीति र आर्थिक क्षेत्र, दोस्रोले सामाजिक क्षेत्र, तेस्रोले पूर्वाधार क्षेत्र र चौथो समुहले सुशासन, अन्तरसम्बन्धित क्षेत्र  सुझावहरू संकलन गरि समूह    एकआपसमा छलफल गरिएको छ ।
प्रदेश योजना आयोगका सदस्य पुष्प भुसाल लुइँटेलको  अध्यक्षता रहेको कार्यक्रममा प्रदेश सभा सदस्य कृष्णध्वज खड्का र हरि रिजाल लगायताका व्यक्तिको सहभागी रहेको थियो । भुसालले प्रदेश नम्बर ५ को आवधिक योजनाको क्षेत्रगत उदेश्य, रणनीति तथा कार्यनीतिहरू बारे संक्षेप्त बस्तुस्थिती बारे प्रस्तुति प्रस्तुत गरेकी थिइन ।

  • १९ मंसिर २०७५, बुधबार २१:३९ प्रकाशित
  • Nabintech