४ जेष्ठ २०८१, शुक्रबार
बैदेशीक रोजगारमा रहेका बाँकेका यूवाको मृत्यु
  • काँचुली खबर

बैदेशिक रोजगारीको शिलशिलामा साउदीमा पुगेका बाँके राप्तीसोनारी गाउँपालिका-१ बैरियाका बेदनिधि चापागाईको मृत्यु भएको छ । दुई दिन अघि अत्यधिक टाउको दुखेर अचेत भएपछि चापागाईलाई अस्पताल भर्ना गरिएको थियो । ३२ बर्षीय चापागाईको शनिबार मृत्यु भएको पुष्टि भएको छ । उनको ब्रेन हेमोरेजका कारण मृत्यु भएको चिकित्सकहरुले बताएका छन् ।

साउदी अरबको जेद्धा स्थित अलमाराई कम्पनीमा विगत अढाई वर्ष देखि कार्यरत अरुण एक लगनशील र कुशल सामाजिक अभियान्ताका रुपमा आफुलाई स्थापित गरेका त्यहाँ रहेका हरि कृष्ण न्यौपानेले जानकारी दिए ।
बेदनिधिको शव सुलैमान फकेह हस्पिटलमा राखिएको छ ।
एनआरएनए क्षेत्रिय समन्वय समिति जेद्धाको आकस्मिक बैठक वसि शोकसभा पारित गर्दै मृतक बेदनिधिको शव नेपाल पठाउन महावाणिज्य दूतावाससँग पहल अगाडी बढाएको छ । स्वर्गीय बेदनिधिकी श्रीमती, १ छोरा र १ छोरी सहितको परिवार छ।

  • १६ मंसिर २०७५, आईतवार १९:०७ प्रकाशित
  • Nabintech