६ जेष्ठ २०८१, आईतवार
भेरी सहकारी अब आफ्नै भवनमा
  • काँचुली खबर

बाँकेकै पुरानो भेरी वित्तिय सहकारी संस्थाले आफ्नै भवनबाट सेवा संचालनमा ल्याएको छ । बिगत २२ वर्षदेखि संचालनमा रहेको उक्त सहकारीले कोहलपुरस्थित न्यूरोडमा रहेको नवनिर्मित भवनबाट सेवा प्रारम्भ गरेको हो ।
शुक्रबार ५ नं. प्रदेशकी कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री आरती पौडेलले सहकारीको नवनिर्मित भवनको उद्घाटन गरेकी हुन । भवन परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले प्रदेश सरकारले सहकारी सम्बन्धि निति तय गरी लागु गर्ने तयारी गरिरहेको बताईन । उनले साविकको सहकारी डिभिजन कार्यालय बाँकेलाई सहकारी प्रशिक्षालयका रुपमा रुपान्तरण गरीएको बताउँदै स्थानिय निकायबाटै सहकारीलाई नियमन गर्ने/गराउने प्रक्रिया लागु हुने चरणमा रहेको समेत जानकारी गराईन ।
कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले भेरी सहकारीले जिल्लामा संचालन भईरहेका सबै सहकारीहरुको नेतृत्व गर्दै आएको बताए । सहकारी खुल्ने र बन्द हुने क्रमका बिच भेरी सहकारीले बाँकेको सहकारी अभियानमा ऐतिहासिक स्थान हासिल गर्न सफल भएको बताउँदै अध्यक्ष सुवेदीले कोहलपुर केन्द्रबाट थप सुविधा सहितको सेवा प्रवाह गर्न अनुरोध समेत गरे ।

संस्थाका अध्यक्ष बसन्त लामिछानेले बाँकेकै ईतिहासमा सबैभन्दा पुरानो सहकारीका रुपमा भेरी सहकारीले आफ्नो पहिचान स्थानिय गर्न सफल भएको दाबी गरे । ४ हजारभन्दा बढि सेयर सदस्य रहेको उक्त सहकारीले विगत ३ वर्षदेखी कोहलपुर क्षेत्रमा समेत आफ्नो सेवा प्रवाह गर्दै आईरहेको बताउँदै अध्यक्ष लामिछानेले भने, आजदेखि हामी आफ्नै भवनबाट सम्पूर्ण सेवाहरु प्रदान गर्न सक्षम भएका छौं ।

भवन उद्घाटन कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत, कोहलपुर उद्योग व्यापार संघका अध्यक्ष चक्रबहादुर अधिकारी, नेकपाका नेता नरेन्द्र न्यौपाने लगायतले संस्थाको सफलताको शुभकामना दिएका थिए ।

  • ७ मंसिर २०७५, शुक्रबार १६:३९ प्रकाशित
  • Nabintech