६ जेष्ठ २०८१, आईतवार
कोहलपुर नगरपालिकाद्धारा मोवाइल एप्स सार्वजनिक
  • काँचुली खबर

जिल्लामै पहिलोपटक कोहलपुर नगरपालिकाले मोवाईल एप्स प्रयोगमा ल्याएको छ । एन्ड्रोइड फिचरमा विकास गरिएको एप्समा नगरपालिकाको प्रोफाइल, नीति तथा कार्यक्रम एवं बजेट, गौरवका योजनाहरु, नगरपालिका तथा वडाहरुका नागरिक वडापत्र, उजुरी तथा गुनासाहरु समावेश गरिएका छन् । ५ नं. प्रदेशका १ सय ९ स्थानिय तहमध्ये मोवाईल एप्स प्रयोगमा ल्याउने कोहलपुर नगरपालिका बाँके जिल्लाकै पहिलो तथा प्रदेशकै चौथौं नगरपालिका हो ।
नगर प्रमुख लुट बहादुर रावतले आईतबार मोवाईल एप्स सार्वजनिक गर्दै मोवाईल मार्फत सेवाग्राहीहरुले घरमै बसेर नगरपालिकाको सम्पूर्ण गतिविधीबारे जानकारी हासिल गर्न सक्नेमा आफु विश्वस्त रहेको बताए । प्रमुख रावतले नगरपालिकाबाट प्रवाह गरिने सेवा, सुविधा लगायतका हरेक विषयबस्तुहरुलाई समावेश गरीएकाले मोवाईल एप्सको यथेष्ट प्रयोग गरि लाभाम्वीत हुन नगरवासीहरुलाई आग्रह समेत गरेका छन ।
संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय र सूचना प्रविधि विभागको तोकिएको सिमाभित्र रहेर तीन महिनाको अवधिमा सो मोवाइल एप्स तयार गरिएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद देवकोटाले बताए ।
मोवाइल एप्स शुरुवात चरणमा रहेकाले आगामी दिनमा नगरवासी तथा बिज्ञहरुको सल्लाह सुझाव अन्र्तगत एप्सलाई अध्यावधिक गरी नयाँ फिचरर्सहरु थप्दै जाने नगरपालिकाका सूचना प्रविधी अधिकृत राजेश चापागाईले बताएका छन् ।

  • २ मंसिर २०७५, आईतवार १६:०६ प्रकाशित
  • Nabintech