५ जेष्ठ २०८१, शनिबार
डडेल्धुरामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १७ घाइते
  • काँचुली खबर

डडेल्धुरा –  डडेल्धुराको भागेश्वर गाउँपालिका–४ कुरङायलमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। शनिबार बिहान भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म१ज १८० नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–२ का २७ वर्षीय धर्मसिंह मडौं र गाउँपालिका–३ का गाडी साहु ४५ दीपेन्द्र साही रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।

दुर्घटनामा १७ जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ। जीप सडकभन्दा सय मिटर तल खसेको जनाइएको छ। दुर्घटनाको कारण भने खुलेको छैन।

  • १ मंसिर २०७५, शनिबार १२:४८ प्रकाशित
  • Nabintech