५ जेष्ठ २०८१, शनिबार
निर्मला हत्या प्रकरणः प्रहरीको अनुसन्धान डीएनए परिक्षणमा अड्कियो
  • काँचुली खबर

महेन्द्रनगर–बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको शुक्रवार ११४ दिन पुगेको छ । घटनाको सुरुदेखि नै अनुसन्धानमा रहेको नेपाल प्रहरीले अहिले सम्म हत्यारा पहिचान गर्न सकेको छैन ।

घटनाको अनुसन्धानका लागि सातवटा छानबिन टोली गठन भए, तर प्रहरीलाई हत्यारा नजिक पुग्नु ‘फलामका चिउरा’ चपाउनु सरह भएको छ । प्रारम्भिक अनुसन्धानमा तत्कालिन प्रहरी अधिकारीको लापरबाहीले गर्दा अनुसन्धानमा थप जटिलता थपिएको हो ।  अन्य कुनै ठोस प्रमाण नभएपछि डीएनए परीक्षणलाई आधार बनाएर नेपाल प्रहरी अनुसन्धानमा छ । हालसम्म नेपाल प्रहरीले ९ जनाको डीएनए परिक्षण गरेको छ । अझै कञ्चनपुरका ३ जना स्थानीयहरुको डीएनए परिक्षणका लागि पठाइने प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले अनुसन्धानलाई डीएनए परिक्षणबाट मात्रै अगाडि बढाएको र अन्यकुनै तथ्यहरुमा ध्यान दिने नगरेको स्थानीयहरुको आरोप छ । प्रहरीले अनुसन्धानका रुपमा एक पछि अर्को गर्दै विभिन्न व्याक्तिहरुलाई शंकास्पद भन्दै डीएनए परिक्षणमा मात्रै जगडिने गरेको एक महिला अधिकारकर्मी बताए । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

  • १ मंसिर २०७५, शनिबार ०८:२४ प्रकाशित
  • Nabintech