७ जेष्ठ २०८१, सोमबार
नयाँ सृजनशिल सहकारीको ७ औँ बर्ष पुरा
  • काँचुली खबर

राप्ति सोनारी – राप्ति सोनारी गाँउपालिका वडा ६ मा रहेको नयाँ सृजनशिल सहका्ी संस्था लि.ले शुक्रबार आफ्नो ७ औँ साधारण सभा सम्पन्न गरेको छ । सधारण सभामा सहकारीले गरेका बिभिन्न गतिबिधीहरु्रको बारेमा बार्षिक प्रतिबेदन समेत पेस गरिएको थियो । यो सहकारीमा आजका मितीसम्म ८ सय ५० जना सेयर सदस्यहरुको साझा उदेश्य बाख्रा पालन गरि खसिको उत्पादनलाई संघको बजारीकरणमा गर्ने कार्य गरिरहेको छ । छरिएर रहेका दिदि बहिनीहरुलाई एउटै माालामा गासी अनेकतामा एकताको साघाउने हेफर इन्टरनेसनल र साझेदार संस्था बहुमुखि सेवा केन्द्रबाँकेलाई धन्यबाद समेत दिएको थियो । 
कार्यक्रमको उद्घाटन प्रदेश नं. ५ की सांसद कृष्णा के.सी नमुनाले गर्नु भएको थियो । कार्यक्रम उद्घााटन पश्चात सहकारीको दुईकोठे भबनको समेत उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै प्रदेश सांसद नमुनाले अबको क्रान्ति सहकारीबाट नै सम्भब रहेको बताएकी थिइन । नमुनाले महिलाहरुको सक्रियतामा यस सहकारीले जुन खालको समाजमा यत्रतत्र छरिएर रहेका महिलालाई एक जुट बनाउन सफल भएको छ यो सरानीय कार्य भएको बताईन । अब सहकारीहरुले आफु आत्म निर्भर हुनु पर्ने र त्यसका लागि चाहीने साथ र सहयो आफु प्रदेश संसदमाको हैसियतले संघ र स्थानिय सरकार संग समन्वयकारीको भुमिकामा रहने समेत बताएकी थिइन ।
यस सहकारीको आ.ब २०७४–०७५ को शेयर पुँजी २५ लाख २१ हजार रहेको छ । जगेडा कोषमा लाख, ७ सय ८४ रुपैया , कर्जा लगानीमा १ करोड ३ लाख ५७ हजार ६ सय ६९ रहेको छ । यस सहकारीले कुल कारोबार १ करोड ४८ लाख २५ हजार ८ सय २७ गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
कर्यक्रममा सहकारी की अध्यक्ष गंगा कुमारी चन्द ठकुरी, राप्तिसोनारी गाँउपालिका वडा नं. ६ का अध्यक्ष जनक बहादुर थारु, बहुमुखी सेवा केन्द्रका निर्देशक प्रभात ठकुरी, हेफर इन्टरनेसनलका शरद पोखरेल, सहकारी समाजका अध्यक्ष हिरालाल के.सी लगाएको उपस्थिती रहेको थियो ।

  • १ मंसिर २०७५, शनिबार ०८:१८ प्रकाशित
  • Nabintech