४ जेष्ठ २०८१, शुक्रबार
सबै मोबाइल सेवाको गुणस्तर मापदण्डभन्दा ‘कमजोर’
  • काँचुली खबर

काठमाडौँ — मुलुकका सबै मोबाइल कम्पनीले दिँदै आएको सेवा गुणस्तर मापदण्डभन्दा कमजोर पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको परीक्षण क्रममा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको सेवा गुणस्तर तोकिएको मापदण्डभन्दा कमजोर पाइएको हो ।  दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले असोज ११ देखि २५ सम्म राजधानीका चक्रपथभित्र विभिन्न स्थानमा परीक्षण गरेको हो ।

प्राधिकरणद्वारा सार्वजनिक प्रतिवेदनअनुसार मोबाइल सेवामा एनसेल र स्मार्ट टेलिकमभन्दा नेपाल टेलिकम अघि देखिएको छ । इन्टरनेट सेवामा एनसेलको गुणस्तर अन्य सेवा प्रदायकभन्दा राम्रो देखिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

  • २९ कार्तिक २०७५, बिहीबार ०७:५२ प्रकाशित
  • Nabintech