४ जेष्ठ २०८१, शुक्रबार
सडक कालोपत्रेकालागि ४ करोड बजेट !
  • काँचुली खबर

स्थानिय पुर्बाधार बिकास साझेदारी कार्यक्रम अन्र्तगत बाँके क्षेत्र नं. ३ मा ४ वटा सडक कालोपत्रे हुने भएका छन । बाँके क्षेत्र नं. ३ का संसद नन्दलाल रोकायाको संयोजकत्वमा सोमबार बसेको बैठकले साझेदारी कार्यक्रम अन्तर्गत छुट्याईएको ४ करोड बजेट सडक निर्माणमा खर्चिने निर्णय गरेको छ ।
जिल्ला समन्वय समिती बाँकेको कार्यालयमा प्रदेश साँसद बाबुराम गौतम, आईपी खरेल, गाँउपालिकाका प्रमुख किस्मत कुमार कक्षपति, मान बहादुर रुचाल, रामनिवास यादब र जिल्ला समन्वय समितीका प्रमुख अजय श्रीवास्तव संलग्न बैठकले संसदिय बिकास कोषको ४ करोड बजेट सडक कालोपत्रेकालागि छुट्याउने निर्णय गरेको हो ।
स्थानिय पुर्बाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत संसदिय बिकास कोषको ४ करोड र समुदायको ६ करोड ८५ लाख बजेट सडक कालोपत्रेमा खर्च गर्ने निर्णय भएको संघिय साँसद नन्दलाल रोकायाले जानकारी दिए । उक्त योजना अनुसार बाँके क्षेत्र नं. ३ को बैजानाथ वडा नं. ५ जि गाँउ देखि एचगाँउसम्म सडक कालोपत्रेकालागि १ करोड २५ लाख, खजुरा गाँउपालिका वडा नं. २ को वावास्थान देखि लर्डबुद्ध बिद्या निकेतनसम्मको सडक कालो पत्रेकालागि ३ करोड २५ लाख, खजुरा गाँउपालिका वडा नं. ४ डिगाँउ १ देखि ई गाँँउ स्कुलको पल्लो चोकसम्म सडक कालोपत्रेकालागी ३ करोड र जानकी गाँउपालिका पिप्रहवा चोक देखि गाँउपालिकासम्म जाने सडक कालोपत्रेकालागि ३ करोड ३५ लाख बजेट छुट्याईएको छ ।


संसदिय बिकास कोषको ४ करोड र स्थानिय समुदायको ६ करोड ८५ लाख बजेटबाट ३ नं. क्षेत्रका ४ स्थानमा एकैसाथ सडक कालोपत्रे योजना संचालन गरिने र त्यसबाट ४५ हजार स्थानियहरु लावान्भित प्रतिनिधि सभा सदस्य नन्दलाल रोकायाले जानकारी दिए ।

  • २६ कार्तिक २०७५, सोमबार १४:५४ प्रकाशित
  • Nabintech