५ जेष्ठ २०८१, शनिबार
धनगढीमा ५ बर्षिया बालिकाको बलात्कार !
  • काँचुली खबर

कैलाली – बालिका करणी गरेको आरोपमा ६८ बर्षिय बृद्ध पक्राउ परेका छन्।  उदयपुर गाँईघाट ४ स्थायी घर भएका स्पन्दन राईले धनगढी उप–महानगरपालिका ४ कि ५ बर्षिया बालिकालाई करणी गरेको आरोपमा पक्राउ गरिएको हो।  धनगढी उप–महानगरपालिका ४ मा आफन्तको घरमा २२–२३ दिनदेखि बस्दै आएका राईले शनिबार घरमा कोही नभएको समयमा बालिकालाई करणी गरेको आरोप लागेको छ। उनले ५ बर्षिया बालिकालाई आफु बस्ने घरमा ल्याएका थिए ।  राईले बलिकाको सुरवाल च्यातेको आमाले देखेर सोधेपछि बालिकाले आमालाई बाजेले करणी गरेको भनेको प्रहरीले जनाएको छ।

  • २५ कार्तिक २०७५, आईतवार १२:३५ प्रकाशित
  • Nabintech