२३ बैशाख २०८१, आईतवार
निर्मला हत्याकाण्डः बाआमा आजबाट अनिश्चित धर्नामा
  • काँचुली खबर

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे तीन महिना बितिसक्दा समेत हत्यारा पत्ता नलागेको भन्दै पीडित परिवार आजबाट धर्नामा बस्ने भएका छन् । निर्मलाका बुवा र आमाले तिहारअघि नै पत्रकार सम्मेलन गरी घोषणा गरेको कार्यक्रमअनुसार धर्ना बस्ने भएका हुन् ।

साढे तीन महिनासम्म पनि अपराधी पत्ता नलागेपछि अन्तिम अवस्थामा धर्ना बस्नुपरेको निर्मलाका बुवा यज्ञराज पन्तले बताउनुभयो । जहाँ गएपनि न्याय पाउने आशा मरेपछि धर्ना बस्न लागेको उहाँले बताउनुभयो । आज बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने कार्यक्रम तय गरिएको पन्तले जानकारी दिनुभयो । महेन्द्रनगरको मदनचोकमा भेला भइ ¥यालीसहित बजार परिक्रमा गरी प्रशासनको गेटमै धर्ना बस्ने कार्यक्रम रहेको छ ।

यसैबीच निर्मलाकी आमा दुर्गा देवि पन्तले उच्चस्तरीय छानबिन समितिले छानबिन गर्न भनेका व्यक्तिहरूलाई समेत अनुसन्धानको दायरामा नल्याएकाले प्रहरीको अनुसन्धान सही गतिमा जान नसकेको बताउनुभएको छ  ।

  • २५ कार्तिक २०७५, आईतवार ०८:२९ प्रकाशित
  • Nabintech