१७ बैशाख २०८१, सोमबार
आदिम गोरेटोमा नयाँ पाइलाको बाचन
  • काँचुली खबर

साहित्यीक जागरणका लागि माझी समुहले आदिम गोरेटोमा नयाँ पाईला रचना बाचन तथा दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । मगलवार विजुवार जुम्रिमा कार्यक्रम गरी रचनाको बाचन गरिएको हो । जिल्लामा साहित्यिक श्रष्ठाहरु धेरै भएपनि उनीहरुसँग विचार, बहस नभएकाले कार्यक्रमको आयोजना गरिएको समूहका अभियन्ता घनश्याम अस्तित्वले जानकारी दिए । मोफसल र राजधानीबीचको साहित्यिक दुरीलाई नजिक बनाउन कार्यक्रम गरिएको अस्तित्वले बताएका छन् ।

साहित्यको नयाँ अभियानका लागि माझी समूह गठन गरिएको उनले जानकारी गराए । उनले प्यूठान सहित छिमेकी जिल्लाका साहित्यप्रेमी प्रतिभाहरुलाई एक थलोमा उभाएर उनीहरुको प्रतिभालाई सम्मान गरिने उल्लेख गरे । समूहमा अभियन्यता अस्तित्व सहित साहित्यप्रेमी यमुना मगर, आशा ओली, सिताराम के.सी, तिलक अधिकारी, यूवराज भण्डारी, महेश थापा लगाएतका लगाएत श्रष्ठाहरु आवद्ध छन् ।

कार्यक्रममा शुभकामना दिँदै प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतीले जिल्लाको पहिचानलाई माथी ल्याउन साहित्यप्रेमी श्रष्ठाहरुको उल्लेखनीय भूमिका हुने धारणा राखे । जिल्लामा पठनसिपको संस्कारमा कमी हुँदै गएकोप्रति चिन्तना व्यक्त गर्दै कक्षपतीले यस विषयमा नगरपालिकाले विशेष योजना बनाउने सुनाए । कार्यक्रममा जिल्लाका २८ जना साहित्यकारहरुले आफ्नो प्रतिभा सुनाएका थिए ।

  • २० कार्तिक २०७५, मंगलवार १७:३० प्रकाशित
  • Nabintech