२५ बैशाख २०८१, मंगलवार
१० किलोग्राम चरेस सहित तीन पक्राउ
  • काँचुली खबर

पश्चिम रुकुमबाट चरेससहित तीनजना प्रक्राउ परेका छन् । मंगलबाट बिहान आठबीसकोट नगरपालीका-१३ भल्म स्थित १० किलोग्राम चरेस सहित तीनजनालाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक सुमित खड्काले बताए । पक्राउ पर्नेमा आठबीसकोट नगरपालिका-९ का ४२ बर्षीय इन्द्र चन्द, सोही नगरपालिका ३८ बर्षिय कर्ण बहादुर शाही र सिद्धकुमाख गाउँपालिकाक सल्यानका ६० बर्षिय हिक्मत बुढाथोकी रहेका छन् ।
लागूऔषध चरेस ओसार-पसार भईरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट मंगलबार बिहानै खटी गएको प्रहरीले उनीहरुलाई रंगेहात प्रक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट १० केजी १०० ग्राम कालो चरेस, २ थान तराजु, १७ वटा नापतौल गर्ने पुरानो सिक्का, १ थान ढक, ३ थान मोबाईल, एकवटा स्प्रिङ तराजु र ४३ हजार ४४५ नगद बरामद गरेको छ । पक्राउ पर्ने तीनैजना माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

  • २० कार्तिक २०७५, मंगलवार १३:३९ प्रकाशित
  • Nabintech