४ जेष्ठ २०८१, शुक्रबार
ब्यापारीहरुको सामुहिक शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
  • काँचुली खबर

उद्योग ब्यापारको पुर्बाधार – समृद्धीको आधार भन्ने मुल नाराका साथ नेपाल राष्ट्रिय उद्योगा बाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनले संयुक्त रुपमा २०७५ सालको वडा दशैँ शुभ दिपावली हिजरी संबद, नेपाल संबद – ११३९, छठ लगाएत चाडपर्बहरुको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएका छन । 
बाँकेका बाम गठबन्धन निकट ब्यापारीहरुले उक्त शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेका हुन । पार्टी एकिकरण पश्चात बाँकेमा रहेका ब्यापारीहरुले एक आपसमा भाईचारा र सहअस्तित्वका लागी सो कार्यक्रमको आयोजना गरिएको बताईएको छ । कार्यक्रमको अध्यक्षतामा नेपाल राष्ट्रिय उद्योगा बाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका अध्यक्ष बसन्त लामिछाने, भाष्कर काफ्लेले संयूक्त रुपमा गरेका थिए । कार्यक्रमको प्रमुख अतिथीमा बाँके क्षेत्र नं. ३ का संघिय सांसद नन्दलाल रोकायले गरेका थिए । कार्यक्रममा बोल्दै रोकायले अब समृद्ध नेपाल निर्माणकालागि ब्यापारीहरुको महत्वपुर्ण भुमिका हुने बताए । उनले भने अहिले देश कम्यूनिष्टमय भैरहदा देश भित्रका र बाहिरका बिभिन्न तत्वहरु कसरी बिफल र कम्यूनिष्टहरुलाई कसरी परास्त गर्न सकिन्छ भनि लागी परेको समेत बताए । उनले भने नेपालगन्ज पुरानो सहर भएको हुदा यो ब्यापारका लागि उपयूक्त ठाउ भएको हुदा यहाँका सबै ब्यापारीहरुले यसरी कार्यक्रम गर्दा सबैमा भाईचारा र अपन्वत्वको भाबना रहेको बताए ।
कार्यक्रममा प्रदेश ५ का सांसद आइपी खरेल, कृष्णा के.सी, बबुराम गौतम, नेता ब्यापारीहरुको उपस्थिती रहेको थियो ।

  • १४ कार्तिक २०७५, बुधबार १५:१६ प्रकाशित
  • Nabintech