१९ बैशाख २०८१, बुधबार
सिजाँ गाँउपालिका बिकास निर्माणमा फड्को मार्दै
  • काँचुली खबर

जुम्ला  – सिजाँ गााउँपालिका रारा जाने पर्यटकहरुको मुलद्धारका रुपामा रहेको छ । पर्यटन बिकासका लागी सिँजा गाउपालिकाले बिभिन्न बिकासका पुर्बाधारहरु निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको गाँउपालिकाका प्रमुख देवल सिंह रावलले बताए । गाँउपालिका भित्र रहेका बिभिन्न मठ मन्दिर, देवलहरुको पुर्ननिर्माणमा गाँउपालिकामा जुटेको छ ।

सबै स्थनियहरुको साथ र कर्मचारीहरुको सहयोगका कारण पनि गाँउपालिकालाई काम गर्न सहज भएको छ । पहिला स्थानिय र गाँउका ब्यक्तिहरुले कानुन नबुझ्दा केहि समस्या रहेता पनि पछिल्लो समयमा सबैको सकारात्मक साथ रहेका कारण पनि काम गर्न र बिभिन्न योजनाहरुको तय गर्न पनि सहज भएको रावतले बताए । 

यस गाँउपालिकामा ३२ ओटा गाउँ छन,  ३ ओटा गाविस मिलेर सिजांँ गाउपालिका बनेको हो । सबै गाउँ मा मोटर बाटो ले छोएको छ । शिक्षा मा सबै ठाउँमा भवन हरु बनाई रहेका छौ । खस भाषाको उद्गम थलो पनि यहि हो खसभाषा को पढाउने पाठ्यक्रम पनि गाँउपालिकाले तयार गर्दै जसले गर्दै भाष संस्कृतिको जोगेर्ना र कला संस्कृतिको जोगेर्ना गर्ने कामलाई पनि गाँउपालिकाले अगाडी बढाएको छ ।

कृषिमा पनि लगानी लगाएको छ यस गाँउपालिकाले, सबै गाउपालीका भन्दा अगाडी नै छ । खसभाषा यहि बाट नै जन्मेको हो । गाँउपालिकाको कुल बजेट १७ करोडमा सबै भन्दा बढि बजेट शिक्षा र सडकमा छुट्टाएको अध्यक्ष रावतले बताए । स्वास्थ्य क्षेत्रमा पनि राम्रै बजेट छुट्याएको छ । प्रदेश सरकारले पुरातत्व बिभागमा परेका बिभिन्न मठ मन्दिरहरुको बजेज निकासा र आप्नो गाउँपालिका मा नछुटाएकोमा उनले गुनासो गरेका छन । अहिले गाँउपालिकाका सम्पुर्ण बिद्यालयहरुमा सिसी क्यामरा र इ–सेवा मार्फत हाजिरकिो ब्यबीथा गरिएको छ, जसले गर्दा शिक्षा क्षेत्रलाई सुधार र गुणस्तरिय बनाउनमा मद्दत गरेको छ । गाँउपालिकामा शान्ति सुरक्षाको अबस्थामा केहि कमि कमजोरी रहेको छ । गाँउपालिकामा निरीक्षकको दरबन्दि हुनुपर्नेमा सइको नेतृत्वमा प्रहरी बसिरहको छ । पहाडी जिल्लामा बिभिन्न पुरातात्विक मठ मन्दिरहरुमा बहुमुल्य सामाग्रिहरु रहने भएकाले चोरी सिकारी र जडिबुटिहरुको अबैध कारोबार हुने भएको हुदा पनि सुरक्षा निकाय सधै चनाखो हुनु पर्नेमा उनको जोड रहेको छ ।

अहिले गाँउपालिका को  कार्यालय भाडा मा बस्दै आएको र यहाँ का स्थानिय हरुको सहयोग मा  गाँउपालिका लाई जग्गा उपलब्ध गराएका छन अब हामी छिट्टै आप्नै भवन निमार्ण को काम अगाडी बडाउने छौ ।

गाँउपालिकामा सबै भन्दा कम करको ब्यबस्था गरिएको छ  । पहाडी जिल्लाहरुमा सडक सञ्जालको पहुच नहुदाँ भारी बोक्नु पर्ने हुन्छ तर यस गाँउपालिकामा सबै  गाँउहरुमा सडक सञ्जालको पहुच पुगेको हुदा गाँउपालिकालाई छिट्टै भारी मुक्त बनाउने योजनामा गाँउपालिका लागेको अध्यक्ष रावतले बताए ।

  • १४ कार्तिक २०७५, बुधबार १२:२५ प्रकाशित
  • Nabintech