१७ बैशाख २०८१, सोमबार
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
  • काँचुली खबर

कोहलपुर  – प्रदेश नं. ५ क्षेत्रिय प्रहरी खजुरा गणमा कार्यरत प्रहरी जवान भबिन्द्र थापाको दाङ्गबाट नेपालगन्ज आउने क्रममा सवारी दुर्घटना भई मृत्यु भएको छ । कोहलपुर वडा नं. १२ सरस्वती सामुदायिक बनमा बाईक अनियन्त्रित भई सवारी दुर्घटना भएको हुन सक्ने इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । करिब रातीको १२ बजे तिर सवारी दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । सडक किनारबाट २ सय सिसिको बाईक २४ फिट तल खसेको र शब करिब ४० फिट टाढा रहेको प्रहरीले जनाएको छ । मृतकको शरिरमा बायाँ खुट्टाको घुडामा र बाँया आँखामा चोट लागेको र भित्री चोट हुन सक्ने प्रहरीले जनाएको छ ।

  • १४ कार्तिक २०७५, बुधबार १२:१२ प्रकाशित
  • Nabintech