२१ बैशाख २०८१, शुक्रबार
नागरिकतासम्बन्धि सरोकारवालाहरुसँग अन्तरक्रिया !
  • काँचुली खबर

दोस्रो जनआन्दोलनपछि नागरिकता पाउनेका सन्तानलाई पनि नागरिकता उपलब्ध गराउन सरोकारवालाहरुले जोड दिएका छन् ।
तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड अलाइन्स) ले शुक्रबार नेपालगन्जमा आयोजना गरेको सरोकारवालाहरुबीचको छलफल कार्यक्रममा बोल्ने अधिकाशं सरोकारवालाहरुले कानुन भएर पनि अधिकारबाट बञ्चित गर्न नहुने बताएका थिए ।
कार्यक्रममा बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज ‘अथक’ ले नागरिकता सम्बन्धी विधेयकमाथि संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफल चलिरहेकाले विधेयक पारित हुने बित्तिकै समस्याको हल हुने दाबी गरे ।
प्रदेशसभा सदस्य मोहम्मद याकुब अन्सारीले जन्मसिद्धका आधारमा नागरिकता पाउनेका धेरै सन्तान नागरिकताबाट बञ्चित रहेको बताए ।
कार्यक्रममा थर्ड एलायन्सका उप-प्रादेशिक प्रमुख आलम खानले ‘नागरिकता समस्या र नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ का विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
बरिष्ठ अधिवक्ता विजयकुमार गुप्त, बरिष्ठ पत्रकार लियाकत अलि लगायत मानव अधिकारकर्मी, कानुन व्यवसायी र नागरिकता पीडितले धारणा राखेका थिए ।

(कृष्णसारबाट साभार)

  • १० कार्तिक २०७५, शनिबार १३:४३ प्रकाशित
  • Nabintech