२१ बैशाख २०८१, शुक्रबार
जन्मदिनको अवसरमा मेरुदण्ड पीडितलाई राहत प्रदान
  • काँचुली खबर

अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य तथा ५ नं. प्रदेशका सह-संयोजक सुमनराज श्रेष्ठलले आफनो जन्मदिनको अवसर पारेर मेरुदण्ड पीडितलाई राहत प्रदान गरेका छन् । प्युठान नगरपालिका–३ विजयनगर निवासी मेरुदण्ड भाँचिएर ओछ्यानमा थला परेका पिडित ज्ञान बहादुर कुमाललाई २५ औँ जन्मदिनको अवसरमा श्रेष्ठले राहत सामग्री प्रदान गरेको बताए ।
३१ वर्षिय कुमाल ४ वर्ष पहिले स्वर्गद्धारी नगरपालिकामा ट्याक्टर दुर्घटनामा परि मेरुदण्ड भाचिएर ओछ्यानमा थला परेका हुन् । उनलाई श्रेष्ठले रु। ५ हजार बराबरको राहत सामग्री प्रदान गरेको बताए । श्रेष्ठका अनुसार २ बोरा चामल, २ दर्जन साबुन, २ केजी चिनी, आदा दर्जन तेल लगाएतका सामाग्रीहरु पिडितलाई दिएको बताए । उनले भने,‘पिडित कुमाललाई केहि दिन सहयोग होस भन्ने हेतुले राहत दिए ।’
राहत पाएसंगै पिडित कुमालले खुसी हुँदै आगामी दिनमा पनि सहयोग अपेक्षा गरेको बताए । उनले भने, ‘तपाईहरु जस्ता युवा विद्यार्थीहरु आगामी दिनमा नीतिगत रुपमा सहयोग गर्नुहुन्छ भन्ने आशा लिएको छु । ’श्रेष्ठले अगिल्लो जन्मदिनको अवसरमा पनि पिडितलाई सहयोग गरेको बताए । उनले भने,‘सहयोगलाई निरन्तरता दिदै जानेछु ।’

  • १० कार्तिक २०७५, शनिबार १३:२० प्रकाशित
  • Nabintech