२१ बैशाख २०८१, शुक्रबार
बाँकेमा २४ औं राष्ट्रिय कण्डम दिबस मनाइयो !
  • काँचुली खबर

“दोहोरो सुरक्षाको लागि कण्डमको प्रयोग गरौं” भन्ने मुल नाराका साथ बाँकेको नेपालगन्जमा २४ औं राष्ट्रिय कण्डम दिबस  मनाईएको छ । नेपालगन्ज उपमहानगरपालिकाको आयोजना, जिल्ला जन स्वास्थ्य कार्यालय बाकेको समन्वय तथा विभिन्न संघ संस्थाको सहयोगमा शनिबार बिहान बाकेको जमुनाहामा कण्डम दिबस मनाईएको हो ।
नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका हरी तिवारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला जन स्वास्थ्य कार्यालय बाकेका फोकल पर्सन राम बहादुर चन्द प्रमुख अतिथि रहेका थिए भने नेपाल पत्रकार महासङ्घ बाकेका निबर्तमान अध्यक्ष रुद्र सुवेदी, रास्ट्रीय HIV AIDS महासङ्घ क्षेत्रीय संयोजक याम बहादुर तामाङ्ग, जमुनाहा प्रहरी चौकीका प्रमुख शिबलाल वली लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पश्चिम तारा नेपालकी अध्यक्ष परीना चौधरीले कण्डम प्रयोग गर्ने तरीका सर्बसाधारणलाई सिकाएकी थिईन । सो कार्यक्रममा कण्डम फुलाउने प्रतियोगीता समेत राखिएको थियो । प्रतियोगितामा प्रथम रोहन थारु, द्वितीय लक्ष्मण बि क र तृतीय जयकला बि क भएका थिए । प्रथम, द्वितीय र तृतीय हुनेलाई कण्डम सहित क्रमशः रु ५००, ३०० र २०० नगद पुरुस्कार प्रमुख अतिथि राम बहादुर चन्दले बितरण गरेका थिए । कण्डम दिबसकै अबसरमा कार्यक्रममा उपस्थित सर्बसाधारणलाई निशुल्क कण्डम पनि बितरण गरिएको थियो । साथै आज दिनभर सर्बसाधारणको निशुल्क HIV परिक्षण गरीने नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका हरी तिवारीले जानकारी दिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाकेको रेकर्ड अनुसार आ. ब. २०७४/०७५ सम्मको अभिलेख अनुसार बाकेमा ५६५ पुरुष, ४३४ महिला र १३ जना तेस्रो लिङ्गी गरि जम्मा १०१२ जना एच.आई.भि. संक्रमीत रहेका छन भने ए.आर.टि. खानेको संख्या ४६० जना रहेको छ र हाल सम्म एड्सका कारण १२८ जनाको मृत्यु भएको छ ।

  • १० कार्तिक २०७५, शनिबार १०:४१ प्रकाशित
  • Nabintech