२१ बैशाख २०८१, शुक्रबार
सडक किनार खाली गर्न ५ दिने अल्टिमेटम (सूचना सहित)
  • काँचुली खबर

कोहलपुर नगरपालिकाले सडक अतिक्रमण गरी संचालन गरीएका ब्यापार-व्यवसायहरु हटाउने भएको छ । कोहलपुर नगरपालिका क्षेत्रभित्र बिभिन्न स्थानहरुमा सडकपेटी अतिक्रमण गरी ब्यवसाय संचालन गरिएको भन्दै त्यस्ता व्यवसाय तत्काल हटाउन नगरपालिकाले सूचना जारी गरेको छ ।
गत असोज १३ देखि २० गतेसम्म सार्वजनिक सूचना जारी गरि सडक किनारमा राखीएका ठेला, गाडा, फुटपाथ पसल, पान तथा घुम्ती पसल घटाउन आग्रह गरिएको भएपनि सूचनाको वेवास्ता गरिएको भन्दै नगरपालिकाले ५ दिने अल्टिमेटम सहितको सूचना सार्वजनिक गरेको हो । सूचनामा भनिएको छ, ‘कोहलपुर नगरपालिका क्षेत्रभित्र रहेको महेन्द्र राजमार्ग, रत्न राजमार्ग र कोहलपुर चौराह क्षेत्रमा सार्वजनिक सडक कतिक्रमीत गरी व्यापार व्यवसाय संचालन गरिएको र त्यसलाई हटाउन गरीएको आदेश समेत अवज्ञा गरी पुन व्यवसाय संचालन गरीएकाले कात्र्तिक १० गतेदेखि १५ गतेसम्म सबै व्यवसाय हटाउन ५ दिने सूचना जारी गरिएको छ ।’
सूचनामा अगाडी भनिएको छ, ‘सूचनाको अवज्ञा भएको पाइएमा स्थानिय प्रहरी प्रशासन सहितको नगरपालिकाको अनुगमन टोलीले फुटपाथमा राखीएका सामान जफत गरी कानुन अनुसार लिलाम गरिने छ ।’

  • ९ कार्तिक २०७५, शुक्रबार १६:२४ प्रकाशित
  • Nabintech