२० बैशाख २०८१, बिहीबार
बालबालिकाको अधिकारको बिषयमा प्रतिबद्ध छौ : शाह
  • काँचुली खबर

ऎरावती गाउपालिका अध्यक्ष नबिल बिक्रम शाहले बालअधिकार हकहित, शिक्षा स्वास्थ्य लगायत बालबालिकाका क्षेत्रमा हुने समस्या समाधान गर्न आफू प्रतिबद्ध भएको बताएका छन । प्युठानको ऐरावती गाउँपालिका-५ सरङ्गबेसीमा आयोजित बालभेलाको विहिवार उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष शाहले यस्तो बताएका हुन ।
उनले गाउँपालिकाका सबै वडाका बालबालिकाको क्षेत्रमा गाउँपालिकाले न्यायोचित रुपमा कार्यक्रम बनाइ काम गर्ने बताए । उनले भने ‘बालबालिका लाई उनिहरुको चौतर्फी बिकासकालागि गाँउपालिकाले आर्थिक सामाजिक शैक्षिक लगाएत सबै बिषयमा काम गर्न हामी प्रतिबद्ध छौं ।’
कार्यक्रमका विषेश अतिथि गाउँपालिकाका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले बालभेला पछि यसको परिणाम सकारात्मक हुनुपर्ने बताए । उनले बालबालिका नै भबिष्यको कणधार भएकोले उनिहरुकोलागि योजाना बनाइ लगानी गर्नु पर्नेमा जोड दिए । गाउँपालिका क्षेत्र भित्रका ६ वटा वडा रहेको मध्ये ५ नं. वडालाई बालमैत्री वडा घोषणा गर्ने योजना रहेको उनले बताए । उनले भने ‘बालमैत्री वडा घोषणा गर्न यो भेलाले सहयोग गर्नेछ ।’

बालभेलालाई सम्बोधन गर्दै दर्शनशास्त्री चिन्तामणी योगीले दर्शनका कुरा बालबालिकाले ध्यान दिनुपर्ने कुरा माथि ब्याख्या गरेका थिए ।
ऐरावती गाउँपालिका बालसञ्जालको आयोजना, ऐरावती गाउँपालिकाको आर्थिक सहयोग तथा सामाजिक तथा आर्थिक रुपान्तरणका लागि युवा समुह दाङको सहआयोजनामा गरिएको बालभेला १४ गते सम्म चल्ने ऐरावती गाउँपालिका बालसञ्जाल अध्यक्ष सुनिल पुनले जानकारी दिए । ऐरावती गाउँपालिका बालसञ्जालले गाउँपालिका क्षेत्रभित्र पर्ने सम्पूर्ण विद्यालयका विद्यार्थीहरु पर्ने गरि ५० जना विद्यार्थीलाई प्रशिक्षणमा सहभागी गराइएको बालसञ्जाल अध्यक्ष पुनले जानकारी दिए । उनले भने, ‘भेलाले ऐरावती क्षेत्रका बालबालिकालाई ठूलो सहयोग पुग्नेछ ।’

बालबालिका क्षेत्रमा हुने समस्यालाई समाधान गर्न सहयोग पुगोस भन्ने हेतुले उक्त भेला गरिएको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि युवा समुहका अध्यक्ष किरण थापाले बताएका छन । बाल अधिकार, मनोसामाजिक समस्या, बाल उमेरलाई व्यवस्थापन, मनोचिकित्सकका समस्या समाधान, उमेर अनुसार हुने परिवर्तनको बारेमा जानकारी र समस्या समाधान, दुव्र्यसन कसरी हटाउने, अनुशासनका कक्षा लगाएतका विषयमा जानकारी गराउने थापाले कार्यक्रममा जानकारी गराएका छन । भेलालाई प्रशिक्षण दिन बाल मैत्रि स्थानिय शासनका दुर्गालाल केसी, मनोचिकित्सक अविना श्रेष्ठ, प्राकृतिक चिकित्सक डा. उमेश के.सी. वरिष्ठ राजयोग प्रशिक्षक राजु घले लगाएतका प्रशिक्षक आउने आयोजकले जनाएको छ ।

  • ९ कार्तिक २०७५, शुक्रबार ०९:०८ प्रकाशित
  • Nabintech