२१ बैशाख २०८१, शुक्रबार
साँसद अथकद्धारा बाढी प्रभावित क्षेत्रको अनुगमन
  • काँचुली खबर

बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य महेश्वरराज गहतराज ‘अथक’ ले बुधबार बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।

साँसद अथकको नेतृत्वमा राप्तीसोनारी गाउँपालिका वडा नं। २ को राजपुर गाउँका बाढिपिडितहरुलाई भेट्न पुगेको टोलीले त्यस क्षेत्रका स्थानियहरुसँग अन्तरक्रिया गरेका थिए । हरेक वर्ष आउने बाढिले सबैभन्दा बढि प्रभावित हुँदै आएको उक्त क्षेत्र हाल बगरमा परिणत भएको छ ।
अन्तरक्रियामा बोल्दै स्थानियहरुले बाढीको दिर्घकालीन ब्यवस्थापनका साथै अन्य विकास निर्माणका गतिविधिहरु संचालनकालागि सांसद अथकलाई ध्यानाकर्षण गराएका थिए ।

बाँकेको सबैभन्दा बिकट क्षेत्रका रुपमा रहेको राप्तीपारी र त्यसमा पनि सबैभन्दा बढी प्रभावित राजपुर क्षेत्रको समस्या समाधानकालागि आफु प्रतिवद्ध रहेको बताउँदै साँसद अथकले छिट्टै दिर्घकालीन व्यवस्थापनको योजना लागु गरिने बताए ।
गत असोज १८ गते वन मन्त्री शक्ति बहादुर बस्नेत र गृहमन्त्री रामबहादुर थापासँग भेटेर राजपुर वस्तीलाई स्थानान्तरण गर्ने बिषयमा छलफल गरिएको साँसद अथकले जानकार िदिए । उनले मन्त्रालयबाट लिखित रुपमा सिफारिस भईसकेकाले केही समयभित्रै त्यस क्षेत्रका स्थानियहरुले राहतको महशुस गर्ने गरी कार्य अगाडी बढ्नेमा ढुक्क हुन आग्रह समेत गरेका छन ।

  • ८ कार्तिक २०७५, बिहीबार १३:१६ प्रकाशित
  • Nabintech