२१ बैशाख २०८१, शुक्रबार
बाइसधारा बुलबुलेको प्रचारप्रसार नहुँदा ओझेलमा !
  • काँचुली खबर

जिल्लाको प्यूठान नगरपालिका वडा नं. ९ पाखाचीति स्थित बाईसधारा बुलबुले मुल प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य भएको यहाँ संरक्षण र लगानीको अभावले ओझेलमा परेको हो ।
पर्यटकीय सम्भावना बोकेको बाईसधारा बुलबुलेमा भौतिक पुर्वाधारको अभावले समेत आझेलमा परेको हो । यहाँ भौतिक पुर्वाधारको विकास र प्रचार प्रसारमा स्थानीय सरकारले प्राथमिकता नदिएको स्थानीयले गुनासो गरेका छन् ।
प्यूठानका स्वर्गद्धारी, गौमुखी, भित्रीकोट, ऐरावती, विजुलीकोट, मल्लरानीसंगै बाईसधारा बुलबुले मुल पनि पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीय अन बहादुर भण्डारीले बताए । उनले भने, ‘यहाँ आउनेहरुको संख्यामा बढ्दै गए पनि पर्यटकीय गन्तव्यमा पर्न सकेको छैन ।’
माघे सक्रान्तिको अवसरमा यहाँ विशेष मेला लाग्ने गर्दछ । माघेस्रक्रान्तिको दिन प्रायः नदी, खोला, कुवामा गएर स्नान गरि शुद्ध हुने भएकाले यस स्थानमा पनि त्यस दिन नुहाउने पर्यटकहरुको घुईचो लाग्ने गर्दछ । स्थानीयकै सक्रियतामा माघीकै अवसरमा प्रत्यक वर्ष लोकनृत्य, धनुषवाण प्रतियोगिता, नाचगान गरि पर्यटकहरुलाई रमाईलो प्रदान गरिदै आएको स्थानीय बोम बहादुर भण्डारीले बताए ।


साविकको मरन्ठाना गाविसले २०७१ सालमा १५ हजार अनुदान दिएसंगै उक्त क्षेत्रको संरक्षणमा स्थानियहरु लागेको हुन् । २०७३ सालमा सांसद विकास कोषबाट २ लाख र प्यूठान नगरपालिकाकोे १ लाख लगानीमा उक्त स्थानमा २२ वटा धारा निमार्ण गरिएको हो । सिमसार क्षेत्र र पानी प्रयाप्त भएकोले सो क्षेत्रमा २२ वटा धारा निमार्ण गरि आन्तरिक तथा बाह्य पर्यटनको केन्द्रको रुपमा विकास गर्न प्रयास गरिएको हो ।
पर्यटनको प्रचुर सम्भावना रहेको यस स्थानमा आवश्यक भौतिक संरचनाको निमार्ण गरि स्थानीय तहले नियमित आन्तरिक आम्दानीको श्रोतको रुपमा विकास गर्न पहल गर्नुपर्ने प्रदेश सांसद कृष्णध्वज खड्काले बताए । प्यूठान नगरपालिका क्षेत्रभित्रका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको गुरुयोजना तयार गरी पर्यटन प्रवद्र्धनमा लगानी गर्ने मेयर अर्जुन कुमार कक्षपतीले बताए ।

  • ६ कार्तिक २०७५, मंगलवार १७:३६ प्रकाशित
  • Nabintech