३० बैशाख २०८१, आईतवार
पुर्व बिधार्थी समाजको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
  • काँचुली खबर

वगेश्वरी बहुमुखी क्याम्पसमा पुर्व बिधार्थी समाजले बिजया दशमिको अन्तिम दिन पारेर आउदै गरेको दिपावली, छ्ठ पर्व र नेपाल सम्बतको शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
२०७३ साल बैशाख १७ गते तदर्श समिती गठन गरि निर्माण गरिएको समाजले २०४८ साल देखि हालसम्म अध्ययनरत विद्यार्थीहरुलाई एकै थलोमा भेला गराई क्याम्पस प्रतिको आत्मियतालाई अझ बढि प्रगाढ गराउनकोलागि शुभकामना तथा परिचयात्मक कार्यक्रम गरेको समाजका महासचिव प्रमोद सुबेदीले बताएका छन ।
कार्यक्रम समाजका अध्यक्ष एकराज शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। पुर्व बिद्यार्थी समाजको गठन गरिनुको उद्धेश्य र समाजले हालसम्म गरेका कार्य र आगामी भावी रणनीति बारे समाजका अध्यक्ष एकराज शर्माले प्रष्ट पारेका थिए । कार्यक्रममा २०५० साल देखि हालसम्म अध्ययनरत बागेश्वरी बहुमुखी क्याम्पसका सस्थापक स्ववियु सभापती अब्दुल हुसेन खान, समाजका उपाध्यक्ष तिलक बहादुर केसि, कोहलपुर नगरपलिका कार्यपालिका सदस्य नारायणी वलि, मध्यपश्चिमान्चल बिश्वबिद्यालयका उपप्रध्यापक कमल लम्साल, चक्रमिलन चन्द, सुशील सापकोटा, बिरेन्द्र खड्का, बेगम थापा लगायतको सहभागिता रहेको थियो।

  • ६ कार्तिक २०७५, मंगलवार १४:२१ प्रकाशित
  • Nabintech