६ जेष्ठ २०८१, आईतवार
क्षेत्रिय कृषि अनुसन्धान केन्द्र खजुराका मजदुरहरु आन्दोलित
  • काँचुली खबर

नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको ज्याला अझै पनि नपाएको भन्दै क्षेत्रिय कृषि अनुसन्धान केन्द्र खजुराका मजदुरहरु आन्दोलनमा उत्रेका छन । आफुहरुले दैनिक ज्याला गरे बापत ३ सय ७५ पाउने गरेको मजदुर शन्तोष सुनारले बताए ।
उनले भने ‘अझै पनि नेपाल सरकारले तोकेको दैनिक ज्याला नपाएकाले हामीहरु आन्दोलन उत्रन बाध्य भएका हौं । बिगतमा पनि ज्यालाका बिषयलाई लिएर आन्दोलन ग¥यौ त्यसको अहिलेसम्म सुनुवाई भएको छैन ।’
यत कृषि अनुसन्धान केन्द्रका डा. दिनेश यादबले भने सरकारले आफुहरुलाई बजेट पहिलानै पठाएको र मजदुरहरुको ज्यालाको बिषयमा पछिमात्र क्याबिनेटबाट निर्णय भएको हुँदा बजेटको कमि भएको बताएका छन । यादवले भने ‘यहाँ रहेका मजदुरहरुलाई दैनिक ज्याला दिनका लागी पनि समस्या
रहेको छ ।’

नार्कको केन्द्रिय कार्यालयमा नै बजेटको अभाब रहेको हुदा यस समस्यालाई तत्काल समाधान गर्न कठिनाइ भएको हुदा यसलाई बिस्तारै समाधान गर्दै लैजाने र सबै मजदुरहरुलाई सरकारले तोकेकै ज्याला उपलब्ध गराउन आफुहरुले आन्तरिक रुपमा गृहकार्य गरिरहेको यादवले बताए ।
मजदुरहरुलाई दिने ज्यालको बजेटमा कमि भएसँगै आफुहरुले आन्तरीक रुपामा नै मिलाउदै आएका छौ उनले भने । अर्का मजदुर भरत नेपालीलेले भने सबै ठाउहरुमा नेपाल सरकारले तोकेको ज्याला लागु भई सक्दा पनि आफुहरु पुराने ज्यालामा काम गर्न बाध्य भएको गुनासो सुनाए ।
नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको दैनिक ज्याला ५ सय १७ भएता पनि ३ सय ७५ पाउने गरेको बताए । अहिले कृषि अनुसन्धान केन्द्र खजुरामा मात्र करिब १ सय ५० को हाराहारीमा ज्यालादारी काम गर्ने मजदुर रहेका छन भने सिजनलमा भने मजदुरको संख्यामा बृद्धि हुने गरेको छ ।

  • ६ कार्तिक २०७५, मंगलवार १३:२० प्रकाशित
  • Nabintech