२१ बैशाख २०८१, शुक्रबार
चीनद्वारा उत्पादित उभयचर विमानको प्रथम सफल उडान
  • काँचुली खबर

चीनले उत्पादन गरेको भूमि-पानी उभयचर विमान ‘खुन लोङ्ग’ को पहिलो परिक्षण सफल भएको छ । शनिबार विहान नौ बजेर पाँच मिनेट जाँदा चीनको हु पै प्रान्तको चिन मन सहर चाङ्ग ह विमानस्थलमा पानीबाट छुटेर उड्ने तथा अवतरण गर्ने विमानको सफल परिक्षण गरिएको हो ।

उक्त विमानको सफल उडानबाट चीनले जल र जमीन उभयचर विमानको अध्ययन र उत्पादन क्षेत्रमा प्राप्त गरेको महत्वपूर्ण उपलब्धी देखा परेको छ । स्रोतका अनुसार, यस्तो विमान भविष्यमा मुख्य रुपमा पानीमा उद्धार कार्यमा प्रयोग गरिने छ।

  • ३ कार्तिक २०७५, शनिबार १३:४६ प्रकाशित
  • Nabintech