२१ बैशाख २०८१, शुक्रबार
सेफ्टिटङ्की सफा गर्ने तालिम लिदै काेहलपुर नगरपालिकाकी उपमेयर थारू
  • काँचुली खबर

कोहलपुर नगरपालिकाकी उपमेयर सन्जु कुमारी थारु सेफ्टिटङ्की सफा गर्ने तालिममा सहभागी हुन फिलिपिन्स पुगेकी छन । एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी फिलिपिन्सको फेलोसिप कार्यक्रममा भाग लिन उपमेयर थारू फिलिपिन्स गएकी हुन।

नेपाल, बङ्गलादेश र भारतका प्रतिनिधिहरू सहभागी रहेकाे उक्त तालिममा नेपालको प्रतिनिधित्व गर्दै उपमेयर थारु सहित ४ जना कार्तिक २ गते फिलिपिन्स उडेका हुन । अक्टोबर २१ देखि २६ सम्म चल्ने उक्त तालिममा स्याफ्टि ट्यांकिमा जम्ने लेदोजन्य फोहर पदार्थलाई कसरी ब्यबस्थापन गर्ने तथा तरल फाेहरपदार्थकाे उचित बिसर्जनका लागि अपनाउन सकिने तरिकाहरूका बारेमा छलफल गरिने उपमेयर थारूले जानकारी दिईन ।

थारु नेपालबाट सहभागी एक्ली जनप्रतिनिधि हुन भने उनिसँगै व्यापारी तथा गैरसरकारी संस्थाका प्रतिनिधहरू समेत फिलिपिन्स पुगेका छन । बाताबरण सम्बन्धी तालिममा गएकी उपमेयर थारुको हवाई टिकट लगायत सबै खर्च आयोजकले नै ब्यबस्था गरेको थारूले जानकारी दिईन ।

  • ३ कार्तिक २०७५, शनिबार १०:५१ प्रकाशित
  • Nabintech