१ जेष्ठ २०८१, मंगलवार
अटो दुर्घटना अपडेट : १ को मुत्यु ४ घाइते !
  • काँचुली खबर

प्युठानको नौवहिनी गाउँपालिका-६ मगरबासाको भिरबाट अटो दुर्घटना हुदाँ १ जनाको घट्नास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा नौवहिनी गाउँपालिका -४ खबाङकी ६९ वर्षिय तारादेवी पुन रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए । उनी पेन्सन बुझेर घर फर्किदै गर्दा दुर्घटनामा परि मृत्यु भएको हो ।
बाग्दुलाबाट खबाङ तिर दशै मनाउन घर फर्किदै गरेका यात्रुलाई लैजादै गरेको अटो आइतबार ११ बजे राती मगरबासको भिरमा दुर्घटना भएको हो । दुर्घटनामा परी ४ जना घाईते भएका छन् । घाईते हुनेमा नौवहिनी-४ खवाङकै ४६ वर्षिय कालिदेवी पुन गम्भीर घाइते भएकी छिन । त्यस्तै चालक तथा गाडी मालिक लालबहादुर गिरी चालकको श्रीमती श्रीजना गिरी १ वर्षीय छोरा सौगात गिरी र ४ वर्षीय सुजल गिरि सामन्य घाइते भएका छन् । अहिले उनिहरुको उपचार प्युठान अस्पताल बिजुवारमा भैरहेको अस्पतालले जनाएको छ । ४७ वर्षिय कालिदवी पुनलाई जिल्ला अस्पताल विजुवारले थप उपचारको लागि वुटवल रिफर गरिएको प्रहरी प्रमुख निर्मल बुढाथोकीले जानकारी दिए । अटोमा चालक सहित ५ जना यात्रु सवार रहेका थिए । सागुरो भिरालो तथा धेरै खाल्डाखुल्डी भएको बाटो भएकोले अटो अनियंत्रित हुदा दुर्घटना भएको अनुमान गरेको छ । बाकि अनुसन्धान भैरहेको प्रहरिले जानकारी दिएको छ । चालक लालबहादुर गिरी प्रहरी नियन्त्रणमा रहेको छ ।
दुर्घटनास्थलमा रहेको सडक अत्यन्तै अप्ठ्यारो एवम् जोखिमपुर्ण रहेको कारण यसभन्दा अगाडि पनि पटकपटक सवारी साधन भयङ्कर दुर्घटनाबाट बचेका थिए । जोखिमपुर्ण सडकको तत्काल मर्मत गर्नतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्नेमा स्थानीय बासिन्दाले तिब्र माग राखेका छन् ।

  • २९ आश्विन २०७५, सोमबार १७:४० प्रकाशित
  • Nabintech