१९ बैशाख २०८१, बुधबार
१५ हजार घुससहित प्रहरी निरीक्षक श्रेष्ठ अख्तियारको नियन्त्रणमा
  • काँचुली खबर

पन्चपुरी नगरपालिका २ सालकोट प्रहरी चौकीमा सेवाग्राही बाट १५ हजार नगद घुस लिदै गरेको अबस्थामा ईलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक शुसोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछाने अख्तियारको टोलिबाट रङेहात पक्राउ परेका छ्न । सुन चादी पसल चोरीको अभियोगमा पक्राउ परेका चोरलाई सहजीकरण गरि छोडिदिने सर्तमा सेवाग्राहीबाट घुस लिदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निमित्त प्रमुख जंग बहादुर डागीले बताए । पक्राउ परेका दुबैलाई थप अनुसन्धान भैरहेको अख्तियरले जनाएको छ ।

  • २८ आश्विन २०७५, आईतवार १४:२७ प्रकाशित
  • Nabintech