१९ बैशाख २०८१, बुधबार
कोहलपुर-हिल्सा सडक निर्माणकालागि कर्णाली सरकारले माग्यो स्वीकृति
  • काँचुली खबर

कर्णाली सरकारले कोहलपुर-हिल्सा सडक निर्माणका लागि पहल सुरु गरेको छ । सडक निर्माण तथा स्तरोन्नतीका लागि दाताहरु सहयोग गर्न तयार रहेको भन्दै कर्णाली सरकारले लगानीका लागि स्वीकृती दिन केन्द्र सरकारसँग आग्रह गरेको छ । आइतबार बसेको कर्णालीको मन्त्रिपरिषद् बैठकले केन्द्र सरकार समक्ष सडक निर्माण तथा स्तरोन्नतीका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

केही दिन अघि मात्रै प्रदेश सरकारले दाताहरुसँग लगानीका लागि छलफल गरेको थियो । उक्त छलफलमा दाताहरु कर्णालीको विकासका लागि लगानी गर्न तयार भएका थिए । तर, दाताहरुले लगानी गर्नका लागि केन्द्र सरकारले स्वीकृत दिनुपर्ने भएकोले सिफारिस गरिएको कर्णाली सरकारी प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

आइतबारको बैठकले चालु आर्थिक वर्षको वजेट कार्यान्वयनका लागि अपुग प्राविधिक कर्मचारी सेवा करारमा नियुक्त गरी तीव्रताका साथ कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ । यस्तै, मन्त्रालयहरुले कामलाई व्यवस्थित गर्न कार्यातालिका निर्माण गरी कार्यान्वयन गर्ने निर्णय बैठकले गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार ध्रुब बुढाथोकीले जानकारी दिए ।

  • २८ आश्विन २०७५, आईतवार १३:०५ प्रकाशित
  • Nabintech