१७ बैशाख २०८१, सोमबार
संबाद तथा प्रतिवद्धता कार्यक्रम सम्पन्न
  • काँचुली खबर

अन्तर्राष्ट्रिय बालिका दिवशको अवसरमा बाँकेको खजुरामा सम्बाद तथा प्रतिबद्धता कार्यक्रमको आयोजना गरिएको छ । खजुरा गाउपालिकाको आयोजना तथा राईजिंग आईडल, प्लान नेपालको सहकार्यमा सो कार्यक्रमको आयोजना गरिएको हो । बालिका बिरुद्ध हुने हिंसा तथा दुब्र्यवहार न्युनीकरणमा सरोकारवालाको भुमिका बिषयमा सो कार्यक्रमको आयोजना गरिएको थियो ।
खजुरा गाउपालिका वडा नम्बर ३ का अध्यक्ष कान्तुराम गौतमको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा गाउपालिका उपाध्यक्ष एकमाया बिक रहेकी थिईन । उपाध्यक्ष विकले महिलाहरु सचेतनाको अभावले गर्दा बिभिन्न समस्या भोग्नु परेको बताईन । उनले आफुले पनि बिभेदको सामना गर्दै यो ठाउमा पुगेको उल्लेख गर्दै महिला आफै सक्षम नभएसम्म समस्याको समाधान नहुने जीकिर गरिन । उपाध्यक्ष विकले सबैले नेपालमा बनेको कानुनको विषयमा अध्ययन गर्न आवश्यक रहेको बताउदै शिक्षाको माध्यमबाट बिभेद र महिला हिंसा अन्त्य हुने धारणा राखिन । कार्यक्रममा सहभागी किशोरीहरुले नेपाली समाजमा अझैपनि महिला र पुरुष बीचको बिभेद कायम रहेको बताएका थिए । छोरीलाई भन्दा छोरालाई बढि महत्व दिएका कारण किसोरीहरुले थुप्रै समस्या बेहोर्नु परेको सहभागी किशोरीहरुले दुखेसो पोखेका थिए ।
खजुरा गाउपालिका बस्ने किशोरी प्रमिला सुनारले बालबालिकाहरुलाई काम लगाइदिने तथा विभिन्न लालच देखाएर हिंसा गर्ने गरेको बताइन । सुनारले अभिभावकहरुले नै छोरा र छोरीको विचमा भेदभाव गर्ने गरेको बताउदै चेतनामुलक कार्यक्रमहरु गर्दा पनि बिभिन्न कारणले महिलाहरु हिंसा र बिभेदमा पर्ने गरेको उल्लेख गरिन । ईलाका प्रहरी कार्यालय धनौली खजुराका प्रहरी निरीक्षक मख्खन प्रसाद यादवले महिला हिंसा, लैंगिक बिभेद, महिलामाथि हुने अपराध लगायतका बिषयमा प्रहरी एकदमै सम्बेदनशिल रहेको धारणा राखेका थिए । उनले महिला हिंसा र बिभेद अन्त्यमा प्रहरीले सकदो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । कार्यक्रममा खजुरा गाउपालिका प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसी, प्लान नेपालका क्षेत्रीय व्यवस्थापक मिना पराजुली, वडा अध्यक्ष कान्तुराम गौतम लगाएतले महिला हिंसा र बिभेद न्युनीकरणका लागि बनेका कानुनको कार्यान्वयन भए महिला हिंसा, बिभेदहरुको न्युनीकरण हुने धारणा राखेका थिए ।

  • २५ आश्विन २०७५, बिहीबार २२:४२ प्रकाशित
  • Nabintech