२६ बैशाख २०८१, बुधबार
५ वर्ष भित्र प्यूठान उज्यालो बन्छ : मन्त्री पुन
  • काँचुली खबर

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले कृषि सिचाई र उर्जालाई सरकारले पहिलो प्राथमिक्तामा राखेको बताएका छन् । अझै पनि कतिपय ठाँउमा बिद्युतको पहुंच पुग्न नसकेको बताउदै मन्त्री पुनले आफ्नो कार्यकालको समयावधिभित्र बिद्युत बिस्तार गर्ने बताए। मंगलबार प्युठान नगरपालिकाद्धारा आयोजित अन्र्तक्रियामा उनले प्युठानलाई ५ वर्ष भित्रमा उज्यालो प्युठान गराउने प्रतिवद्धता समेत ब्यक्त गरे ।
प्युठानका ग्रामिण भेगमा अझैपनी बिद्युत पुग्न नसकेकोले आफ्नो ५ बर्षे कार्यकाल भित्रमा विद्युत विस्तार गरिछाड्ने योजना अनुसार आफु लागिपरेको मन्त्री पुनले दावी गरे । ‘प्युठान उज्यालो बनाउने मेरो जिम्मा भयो’, मन्त्री पुनले भने ‘मैले साथीहरुसँगको भेटमा पनि भनेको छु कि ५ वर्षभित्र बिधुतको पहुँच बिस्तार गर्ने सरकारकै नीति छ ।’
बिधुत नपुगेका स्वर्गद्धारी, प्युठान नगरपालिका, नौवहिनी, गौमुखी लगायतका केहि क्षेत्रहरु अहिलेसम्म पनि अन्धकार नै रहेकाले यसलाई उर्जा शाखाले प्राथमिक्तामा राखेको पुनले जनाए । उनले दोहोर्याउदै भने, ‘केन्द्र सरकारकै प्राथमिकता उर्जा क्षेत्रमा छ ।’ बिधुत पुर्याउन नसकिने स्थानमा सोलार या बैकल्पिक उपाएको खोजी गर्ने समेत उनको भनाई छ।
प्रदेश ५ उर्जामा अब्बल रहेको बताउदै उनले प्युठानको झिमरुक जलासययुक्त आयोजना, माडी, लुग्री, करिडोर तटबन्धको प्रक्रिया अगाडी वढाउन अध्ययन सुरु गरिएको उल्लेख गरे । ‘१० किमिभन्दा साना तटबन्धका काम प्रदेश सरकारले गर्छु, उनले भने,‘ केन्द्रले ठुला तटबन्ध मात्र हेर्ने हो ।’ केन्द्र सरकारले स्थानिय तह बनेसँगै शिक्षा, स्वास्थ्यका क्षेत्रमा काम गर्ने अधिकार स्थानिय तहलाई दिएको मन्त्री पुनले स्पष्ट पारे ।
उनले केन्द्र सरकारले एकिकृत उर्जा तथा सिंचाई कार्यक्रम अन्र्तगत विद्युत महशुल तिर्न नसक्ने लाई सोलार पावर निशुल्क रुपमा दिएको बताए । उनले भने, ‘नेपालका सबै जन्तालाई विद्युतको पहुँचमा पुर्याउन यो कार्यक्रम लिईएको हो ।’


नौमुरे जलविद्युत आयोजना केन्द्र सरकारको प्राथमिकता रहेको मन्त्री पुनले जानकारी दिए । नौमुरे विद्युत र सिंचाईको रुपमा अगाडी वढेको छ । उनले भने, ‘यसलाई प्राथमिकता दिई अगाडी वढेका छौ ।’ यसलाई अगाडी वढाउनका लागि पानीको अध्ययन भईरहेको समेत बताए । नौमुरेमा लगानी गर्नका लागि निजी क्षेत्र समेत इच्छुक रहेको मन्त्री पुनले बताए।
यसै बिच प्युठान नगरपालिकाले सरकारका उर्जा, जलश्रोत, सिंचाई मन्त्री वर्षमान पुनलाई मागपत्र पेश गरेको छ । नगरपालिका क्षेत्रभित्र रहेका लाईफलाईनको रुपमा रहेको भिमु्रक फाँटको नदीकटानलाई संरक्षण गर्न १५ किलोमिटर झिमु्रक नदी दाँया, बाया क्षेत्रमा नदी नियन्त्रण मेघा प्रोजेक्ट कार्यक्रम स्वीकृत गरिदिन, झिमु्रक फाँटमा अतिउत्पादनशिल जमिनमा सिंचाई सुविधा पुर्याउन राप्ती, गोर्वे, क्वाडी, खैराकोट नहर लाई बजेट छुट्टाईदिन, बजार क्षेत्रमा विद्युतीकरणको उचित व्यवस्थापन गरिदिन, नगर क्षेत्रको दुर्गम क्षेत्र जुम्रीकाडा, माझकोट लगाएतका क्षेत्रमा विद्युत विस्तार गर्न, वडा नंम्बर ८ दम्तीमा विद्युत स्टेशन निमार्ण गरि सुचारु गर्ने, लुङ खोला, संगम स्थल दम्तीमा सम्भाव्यता रहेको जलासययुक्त हाईड्रोपावरको डिपिआर तयार गरि परियोजना स्वीकृत गरिदिने जस्ता ६ वटा मागपत्र प्युठान नगरपालिका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले मन्त्री पुनलाई मागपत्र पेश गरेका हुन ।

  • २३ आश्विन २०७५, मंगलवार १९:४२ प्रकाशित
  • Nabintech