२६ बैशाख २०८१, बुधबार
बाँकेको कुशुममा १३२ केभिएको सवस्टेशन उद्घाटन
  • काँचुली खबर

बाँकेको राप्तीपारी-२ कुशुममा १३२ केभिएको विद्युत सवस्टेशन उद्घाटन गरिएको छ । जलस्रोत तथा उर्जा मन्त्री बर्षमान पुन अनन्तले मंगलबार कुशुममा स्थापना गरिएको सवस्टेशनको उद्घाटन गरेका हुन ।
पाँच वर्षमा पाँच हजार मेगावाट बिद्युत उत्पादन गरी देशलाई आत्मनिर्भर बनाउने योजना सुनाउँदै मन्त्री पुनले बाँकेको राप्तीपारी क्षेत्रमा बिद्युत प्रशासन लाईन जोडेर त्यसक्षेत्रमा बिद्युत पुर्याईने बताए ।
सबस्टेशनको उद्घाटन गर्दै मन्त्री पुनले सम्पूर्ण जिल्लाको बिद्युत समस्या समाधानकालागि काम गर्ने बताए । नेपालगन्ज, कोहलपुर र सुर्खेतमा प्रशारण भईरहेको बिद्युत अनियमित र भरपर्दो हुन नसकेको गुनासो सर्वसाधारणले गरेको भन्दै समस्या समाधानका काम गरिने मन्त्री पुनले प्रतिबद्धता समेत जनाएका छन् ।


‘यस क्षेत्रमा बिद्युत अनियमित हुने समस्याका बिषयमा गुनासाहरु आईरहन्छन् । यसका बिषयमा जानकार छु । यो समस्या हटाउनका लागि के-के गर्नुपर्छ म गर्छु’ उर्जा मन्त्री पुनले भने, ‘हामीले सम्बृद्धिको कुरा गरेका छौं । यो सम्बृद्धि बिद्युतको पूर्वाधार नबन्दा सम्म आउदैन । सरकार त्यही बाटोमा अग्रसर छ ।’

सवस्टेशनको उद्घाटन गर्न बाँके आएका मन्त्री पुनले कुसुमक्षेत्रमा बिद्युत प्रशारण लाईनको पनि उद्घाटन गरेका छन । त्यसक्षेत्रको बाँकी भागमा पनि बिद्युत नियमित गर्ने काम भईरहेको उनले बताए । पुर्ब सभामुख ओनसरी घर्ती, प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज, प्रदेश ५ सभा सदस्य कृष्णा के.सि. नमुना, स्थानियवासी तथा विभिन्न राजनितिक दलका प्रतिनिधिको उपस्थितीमा मन्त्री पुनले राप्तीपारीलाई विद्युतसँग जोड्ने अभियानको सुभारम्भ गरेका हुन ।

  • २३ आश्विन २०७५, मंगलवार १७:४१ प्रकाशित
  • Nabintech